• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

भरतपुरवासीलाई निराश हुननदिने रेनु दाहालको प्रतिबद्धता

भरतपुरवासीलाई निराश हुननदिने रेनु दाहालको प्रतिबद्धता


समायोजन खबर
  • मंगलबार, जेष्ठ १० २०७९

  • भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल ।

    समायोजन खबर, भरतपुर महानगरपालिकाको मेयरमा पुनः निर्वाचित रेनु दाहालले जनताको मनोविज्ञान बुझेर काम गर्ने बताउनुभएको छ । अन्तिम मतपरिणाम आएपछि प्रतिक्रिया दिँदै उहाँले महानगरवासीलाई निराश हुन नदिने बताउनुभयो ।

    पालिका तहमा यो आफ्नो अन्तिम कार्यकाल भएको भन्दै उहाँले महानगरका अधुरा काम पूरा गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘देशकै ध्यान यो महानगरमा रहेकाले आफू जित्नु सुखद भए पनि जनताको भावना बुझेर काम गर्छु’, उहाँले भन्नुभयो, ‘स्थानीय सरकार भनेको राजनीति गर्ने ठाउँ होइन, विकास निर्माण गर्ने हो, त्यतैतर्फ लाग्छु ।’

    पहिलो पटकको कार्यकालमा महानगरमा आफूले गरेको पहिलो निर्णय अहिले धेरै पालिकाले सुरु गरेकाले त्यो जनताबाट अनुमोदित भएको उहाँले बताउनुभयो । पहिलो पटक उहाँ निर्वाचित भएसँगै पहिलो निर्णय भरतपुर अस्पतालमा महिलाका लागि बहिरङ्ग सेवाको टिकट निःशुल्क गरिएको थियो । पाँच दलीय गठबन्धन शान्ति र प्रगतिका लागि भएकाले यो लामो समयसम्म जाने बताउँदै उहाँले यो भत्किहाल्ने, टुटिहाल्ने जस्तो केही पनि नहुने बताउनुभयो ।

    चुनावअघि सार्वजनिक गरेको प्रतिबद्धताअनुसार नै आफू अबको पाँच वर्ष उही गतिमा काम गर्ने दाहालले दोहोर्‍याउनुभयो । उहाँले भन्नुभयो, ‘महानगरभित्र पूरा गर्न बाँकी योजना, आयोजना यो कार्यकालभित्रै सम्पन्न गर्नेतर्फ विशेष ध्यान जान्छ ।’

    भरतपुरलाई स्मार्ट सिटी बनाउने अवधारणाअनुसार केही काम अगाडि बढे पनि पूर्ण नभएकाले त्यसमा बढी ध्यान जाने उहाँको भनाइ थियो । शिक्षा, स्वास्थ्य, पूर्वाधार, विकास, फोहर तथा ढल व्यवस्थापनमा जोड दिने भन्दै उहाँले आफूले गरेको कामको अनुमोदन जनताले गरिदिएकोमा खुसी प्रकट गर्नुभयो ।

    गठबन्धनभित्र चुनौती भए पनि गठबन्धनभित्रका दलले इमानदारिता देखाएकाले जित भएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, ‘विपक्षीहरूले हराउनका लागि ठूलो योजना बुने तर पनि असफल भएका छन् । अब मतदाताले दिएको जिम्मेवारी पूरा गर्नतर्फ लाग्छौँ ।’

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology