• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

मेयर उपमेयर जितेपछि दिक्तेलमा गठबन्धनको विजय जुलुस [फोटोफिचर]

मेयर उपमेयर जितेपछि दिक्तेलमा गठबन्धनको विजय जुलुस [फोटोफिचर]


समायोजन खबर
  • बुधबार, जेष्ठ ४ २०७९

  • विजय जुलुसमा मेयर तीर्थराज भट्टराई,उपमेयर विसन राई।

    समायोजन खबर खोटाङ, खोटाङको दिक्तेलमा चार दलीय गठबन्धनले विजय जुलुस प्रदर्शन गरेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयर उपमेयरमा गठबन्धनका उम्मेदवार विजय भएपछि बुधबार दिक्तेलबजारमा जुलुस प्रदर्शन गरेको हो।
    दिक्तेलको रत्नपार्कबाट जुलुस सुरु भएको थियो। जुलुसमा सहभागी निर्वाचित मेयर तिर्थराज भट्टराई र उपमेयर बिसन राईलाई दिक्तेलबजारका नेता कार्यकर्ता, शुभेच्छुकले अबिर र माला लगाईदिंदै बधाई दिएका छन्।
    जुलुस रत्नपार्क–हाँटडाँडा हुंदै हेलिप्याडमा आएर कोणसभामा परिणत हुने जनाईएको छ। जुलुसमा निर्वाचित मेयर उपमेयरका अलवा चार दलका जिल्लास्तरीय नेताहरुको पनि सहभागि थियो।
    दिक्तेलमा कांग्रेसबाट मेयर र माओवादीबाट उपमेयर निर्वाचित भएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology