• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दिक्तेलमा मेयरमा कांग्रेस र उपमेयरमा माओवादी केन्द्र विजयी

दिक्तेलमा मेयरमा कांग्रेस र उपमेयरमा माओवादी केन्द्र विजयी


समायोजन खबर
  • बुधबार, जेष्ठ ४ २०७९

  • दिक्तेलको निर्वाचित मेयर तिर्थराज भट्टराई बाँया र उपमेयर बिसन राई दायाँ।

    समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन्। १५ वडाको सम्पन्न मत परिणाम अनुसार मेयरमा नेपाली कांग्रेसका तिर्थराज भट्टराई र उपमेयरमा नेकपा माओवादी केन्द्रका बिसन राई निर्वाचित भएका हुन्।

    भट्टराईले निकटतम प्रतिद्धन्द्धी एमालेका उम्मेदवार कुमार आचार्यलाई ४ हजार ३९३ मतले हराउँदै मेयरमा निर्वाचित भएका हुन्। भट्टराईले ११ हजार ३८९ मत पाउँदा आचार्यले ६ हजार ९९६ मतमा चित्त बुझाउनु परेको छ।

    उपमेयरमा १० हजार ४३८ मत पाएर बिसन निर्वाचित हुंदा एमालेका उपमेयर उम्मेदवार बिणादेबी राई ७ हजार ३१९ मतमै खुम्चिएका छन्। राप्रपाबाट मेयरका प्रत्यासी जीवनकुमार श्रेष्ठले ४०५ मत र उपमेयरका प्रत्यासी चन्द्रकुमारी राई ताराले ५६६ मत पाएका छन्।

    यस्तै, वडातर्फ दिक्तेलमा कांग्रेसका नवराज राई, दिक्तेल २ मा माओवादी केन्द्रका ध्रुर्बबिक्रम राई, बाम्राङमा एमालेका महेन्द्र बहादुर राई, खाल्लेमा माओवादीका खगेन्द्र राई, लफ्याङमा कांग्रेसका दिनेशकुमार घिमिरे, नेर्पामा माओवादीका माधब राई, चिउरीडाँडा–७ मा कांग्रेसका हरि चौलागाँई र चिउरीडाँडा बुवालुङमा एमालेका लिलाकुमार चौहान निर्वाचित भएका छन्।

    निर्मलीडाँडामा माओवादी केन्द्रका दिनेश कठेत, पाथेकामा जसपाका मुगाधन राई, खार्मीमा माओवादीका ईखबहादुर राई, जालपामा माओवादी केन्द्रका दान बहादुर राई, नुनथलामा माओवादी केन्द्रका भगेश्वर राई, बुईपामा एमालेका दिनेश राई र विजयखर्कमा कांग्रेसका रामबहादुर कटवाल निर्वाचित भएका छन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology