• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

केपिलासगढी गाउँपालिका अध्यक्षमा कांग्रेसका समिर राई विजयी

केपिलासगढी गाउँपालिका अध्यक्षमा कांग्रेसका समिर राई विजयी


समायोजन खबर
  • सोमबार, जेष्ठ २ २०७९

  • केपिलासगढी गाउँपालिका अध्यक्ष समीर राई। तस्विर,मनोज आचार्य।

    समायोजन खबर खोटाङ, खोटाङको केपिलासगढी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसबाट समिर राई विजयी भएका छन्।  राईले आफ्नो निकटतम प्रतिद्धन्द्धी कृष्णकुमार राई र माईतिराज राईलाई हराउँदै विजयी भएका हुन्।

    समिरले २२४४ मत पाएका छन्। उनी २०७४ सालको स्थानीय तह सदस्य निर्वाचनमा पनि कांग्रेसबाट अध्यक्षमा उठेर झिनो मतले पराजित भएका थिए। तर, यो पटक भने उनले सानदार मत ल्याएर गाउँपालिका अध्यक्षमा विजयी प्राप्त गरेका हुन्।

    राई कांग्रेसको जिल्ला सचिव हुन्। जनताको काम र तनावमा हमेशा ज्यान दिएर लाग्ने, कहिल्यै रिसाउन नजान्ने उनलाई शालीन, सादगी नेताका रुपमा चिन्ने गरिन्छ।

    नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबाट अध्यक्षका उम्मेदवार माईतिराजले १८०८ दोश्रो मत पाएका छन्।
    एमालेका कृष्णकुमार राईले १७४४ तेश्रो मत पाएका छन्। उनी २०७४ को स्थानीय तह सदस्य निर्वाचनमा एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए।

    यस्तै, उपाध्यक्षमा नेकपा एस र जसपाका साझा उम्मेदवार(जसपाका) गुरुराज राई विजयी भएका छन्। उनले १९८३ मत पाएका छन्। एमालेका मैया सुनुवारले १७६१ र कांग्रेसका राधा गिरीले १७४५ मतमा चित्त बुझाएका छन्।

    यस्तै, वडातर्फ फेदीमा कांग्रेसबाट निरकुमार राई, खार्ताम्छामा नेकपा एसबाट मिलनकुमार राई, बासपानीमा नेकपा एसबाट तुलाराम राई, बाक्सिलामा माओवादी केन्द्रबाट खड्ग बहादुर तामाङ, सप्तेश्वरमा माओवादीबाट हिमालभक्त राई, दिप्सुङमा कांग्रेसबाट गोपाल राई, सुङदेलमा माओवादीबाट तेजकुमार राई कोयी वडाध्यक्षमा चुनिएका छन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology