समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सत्तारुढ गठबन्धन दलको चुनावी सभा सकिएको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीको संयुक्त गठबन्धनको चुनावी सभा सकिएको हो।
१७ बैशाखदेखि दिक्तेलको बसपार्कबाट सुरु भएको चुनावी सभा सोमबार लफ्याङमा पुगेर भव्य चुनावी सभा गर्दै निर्धारित सम्पुर्ण चुनावी सभा कार्यक्रम सम्पन्न भएको गठबन्धन घटक दलका एक नेताले जानकारी दिए।
चुनावी सभालाई गठबन्धनका मेयरका उम्मेदवार तिर्थराज भट्टराई र उपमेयरको उम्मेदवार बिसन राईले सम्बोधन गरेका थिए। भट्टराई गठबन्धनभित्रको कांग्रेसबाट मेयरका उम्मेदवार हुन् भने राई माओवादी केन्द्रबाट उपमेयरका उम्मेदवार हुन्।
यो पनि पढ्नहोस,हामी निर्वाचित भएमा फित्ता काट्ने र भित्ता लेख्ने काम गर्दैनौ
चुनावी सभाका क्रममा भट्टराई र राईको राजनीतिक आचारणकै कारण मतदाताहरु उत्साहित भएको श्रोत बताउँछ। दुबैलाई शालीन, भद्र, त्यागी, सादगी नेताको रुपमा चिनिन्छ। दुबैजना भ्रष्टाचार विरोधी अभियानका अभियान्ता हुन्।
गत(२०७४)निर्वाचनको मत भारलाई हेर्दाखेरी ७० प्रतिशत मत प्राप्त हुने देखिएको गठबन्धनका मेयरका उम्मेदवार भट्टराईले बताए। मतदाताहरुले अत्यन्तै उत्साहजनक, सदभाव, प्रेम, आशा विश्वास र भरोसा दिनुभएको छ। किनभने हामी दुबैजना भ्रष्टाचार विरोधी अभियानका अभियान्ताहरु हो भन्ने ढंगले बुझ्नु भएको छ। भट्टराईले भने।
हामीले निर्वाचित भएको १५ दिनभित्र र कार्यकाल सकिएपछि सम्पूर्ण सम्पत्ती सार्वजनिक गर्ने भनेपछि मतदाताहरु एकदमै उत्साहित हुनुभएको छ। भट्टराईले भने,‘आफ्नो लागि हैन नागरिकका लागि हामी आएको हो भन्ने सम्पूर्ण मतदाताहरुको बुझाई छ। त्यसैले जित सुनिश्चित छ।’
यो पनि,सादगी नेता भट्टराई नगर हाँक्ने दौडमा
गठबन्धनका उपमेयर राईले पनि जित निश्चित रहेको बताए। धेरै ठाउँमा मतदाता शिक्षा नपुगेको द्खियो, राम्रोसँग मतदाता शिक्षा पुगेमा ५ हजार प्लसले जित्छौ। राईले थपे, ‘नभए पनि ३ हजारभन्दा माथि मतले जितिन्छ।’
१५ वडा रहेको नगरपालिकामा गठबन्धनबाट मेयरमा भट्टराई, उपमेयरमा राई उम्मेदवार हुंदा नेकपा एमालेबाट मेयरमा कुमार आचार्य, उपमेयरमा विणादेबी राई तथा राप्रपाबाट मेयरमा जीवनकुमार श्रेठ र उपमेयरमा चन्द्रकुमारी राई तारा उम्मेदवार छन्। यस नगरपालिकामा ३४ हजार ७८ मतदाता रहेको छ।
यो पनि पढ्नुहोस, दिक्तेलमा गठबन्धन भर्सेस एमाले, यस्तो छ अंक गणित
सम्बन्धित समाचार,गठबन्धनका उम्मेदवारको प्रतिवद्धता : नगरबासीका हरेक घरमा स्वच्छ पानीको धारा
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology