समायोजन खबर खोटाङ, नेपाली कांग्रेस खोटाङका जिल्ला उपसभापति तीर्थराज भट्टराई शालीन, भद्र, सरल, सादगी र त्यागी नेताका रुपमा चिनिन्छन्। उर्जाशिल, सामाजिक तथा राजनैतिक दृष्टिकोणबाट सफल भट्टराईलाई एकै बिशेषताले जनतामा जान काफी छ, जनताको मनमुटुमा बस्न एकदमै सजिलो छ।
‘आफू माथिल्लो तहको हुं, जनता तल्लो तहका हुन’ भन्ने उनको मनमा रतिभर नहुनु नै उनी सफल राजनीतिकर्मी हुन्। भट्टराई शालीन, सादगी नेता भन्नेमा प्रतिपक्ष दलहरु पनि हिचकिचाउदैनन्।
पार्टीको संगठन विस्तार होस कार्यकर्ता भेटघाट, अनि सडकमा भेटिने आम नागरिकसँग गर्ने व्यवहारमा कुनै फरकपन नै छैन, बोलाईमा कहिल्यै रुखोपन छैन। नम्र स्वभाव, तेज स्मरण शक्ति, सामान्य खानपानमा रमाउने भट्टराईलाई बालकदेखि बृद्धासम्म रुचाउँछन्। नेतृत्वमा नभए पनि नेतृत्वले झै काम गर्ने स्वभावका भट्टराईको जन्म २०२९ फागुन २९ गते दोर्पा चिउरीडाँडाको साविक ७ नं. वडामा भएको हो।
बुबा लक्ष्मीप्रसाद भट्टराई र आमा पदमकुमारी भट्टराईको कोखबाट जन्मिएका भट्टराईले विद्धृोदय मावि चिउँरीडाँडाबाट प्रारम्भिक शिक्षा सुरु गरेर स्नात्तकोत्तर(एम.ए) सम्मको अध्ययन गरेका छन्। राजनीतिक आड लिएर कसैलाई घोचपेच नगरेका, दुःख नदिएका र बेतिथि विरुद्ध चर्को आवाज उठाउँदै सम्बन्धित निकायलाई घचघचाउने काम गर्दै आएका उनै शालीन, भद्र, सरल, सादगी, त्यागी भट्टराई आगामी ३० बैशाखमा हुने स्थानीय तह निर्वाचनमा गठबन्धनबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयरका स्ट्रङ प्रत्यासी हुन्।
नगरप्रमुखमा निर्वाचित भएमा १५ दिनमा सम्पत्ती सार्वजनिक गर्ने घोषणा गरिसकेका भट्टराई आलिसान बिल्डिङ बनाएर गाडीमा हिडेर आफू माथिल्लो तहमा बस्ने र जनतालाई तल्लो तहमा राख्ने स्वभावको नेतामा पर्दैनन्। जनताको घरमा, मनमनमा बस्न चाहाने सामान्य नेतामा पर्छन्।
को हुन भट्टराई
तीर्थका बुवाले दोर्पा चिउँरीडाँडामा २० वर्ष वडा सदस्य, २०५४ सालमा वडाध्यक्ष भएर काम गरेका थिए। २०४५ सालमा अध्ययनका लागि भारतको गोरखपुर पुगेका उनी गोरखनाथ मन्दिर आश्रममा बसेर २०४६ सालको जनआन्दोलनमा डुण्डीराज शास्त्रीको नेतृत्वमा नेपाली राजदुतावास भारतमा गरिएको प्रदर्शनमा सहभागी हुंदै उनले बुबाको राजनीतिक बिरासतलाई काँध लिन थाले।
२०४५ सालमा नेविसंघ शाखा गोरखपुर सचिव भई २०४८ सालमा सह–सचिव नेविसंघ विदेश क्षेत्र भारत, २०५१ सालमा अध्यक्ष नेविसंघ शाखा गोरखपुर भारत र सोही वर्ष नेविसंघ विदेश क्षेत्र भारतको उपाध्यक्ष भएका भट्टराई २०५५ सालमा नेविसंघ विदेश क्षेत्र भारतको अध्यक्ष भएका थिए।
२०५६ सालमा वीपी चिन्तन प्रतिष्ठान भारतमा काम गरेर नेविसंघको केन्द्रीय समिति सदस्य, २०५७ सालमा विदेश क्षेत्र भारतको अध्यक्ष, २०६१ मा पुनः नेविसंघको केन्द्रीय सदस्य भई २०६२ सालमा नेपाली कांग्रेसको जिल्ला सदस्य, २०६३ मा कांग्रेसको जिल्ला सचिव भई २०६४ सालमा नेविसंघको केन्द्रीय सह महामन्त्री भएका भट्टराई २०७०/२०७२ सालमा क्षेत्र नं. २ को क्षेत्रीय सभापति भएका थिए । राजनीतिमा क्रियाशिल भट्टराई साहित्यतर्फ पनि दख्खल राख्नेमा पर्छन्।
नगर हाक्ने दौडमा भट्टराई
उनै भट्टराई बैशाख ३० पछि नगर हाक्नेगरी अहिले जनताको घर,घरमा भोट मागिरहेका छन्। निर्वाचनपछि पनि यसरी नै घरगाउँ टोलमा आउँछौ। एक चुनावी सभामा भट्टराईले भने, त्यो बेलामा पनि तपाईहरुसँग यसरी नै बसेर छलफल गर्छौ, ‘केके योजना चाहिएको छ निर्णय गर्छौ/दिन्छौ अहिलेका महाराजजस्ता जनप्रतिनिधि हुदैनौ।’
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology