• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

मतदाताले विश्वास र भरोसा गर्नुभएको छ

मतदाताले विश्वास र भरोसा गर्नुभएको छ


समायोजन खबर
  • आइतबार, बैशाख २५ २०७९

  • रविप्रकास राई

    समायोजन खबर खोटाङ, यतिबेला गाँउदेखि शहर चुनावी माहोलमा होमिएको छ। त्यही क्रममा साकेला गाउँपालिकामा पनि चुनावी माहोल तातिएको छ । उम्मेदवारहरु घरदैलो कार्यक्रममा व्यस्त छन् । चुनावी सभामा दौडिरहेका छन्।
    यहि क्रममा नेपाली कांग्रेसबाट साकेला गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार रविप्रकास राईसँग समायोजन खबर डटकमले चुनाव केन्द्रीत रहेर संक्षिप्त कुराकानी गरेको छ।
    तपाईको उम्मेदवारी किन ?
    स्थानीय सरकार पूर्ण अधिकार प्राप्त सरकार हो। त्यसो भएको हुनाले परिवर्तनका निम्ति एउटा भिजन तयार गरिएको हुन्छ, दृष्टिकोण तयार गरिन्छ। त्यसलाई व्यवहारमा उतारेर जनताको संमृद्ध सपना पूरा गर्न सकिने कार्यकारी पद ‘अध्यक्ष’ भएकाले साकेला गाउँपालिकामा मेरो अध्यक्षको उम्मेदवारी हो।
    मतदाता कहाँ गएर भोट माग्दै हुनुहुन्छ। मतदाता के भन्छन् ?
    उहाँहरुको सोझो भनाई छ। ‘तपाई जतिको मान्छे यहाँ आउँदा गौरावान्वित छौ, तपाईलाई हामी सहयोग गर्छौ, जिताउँछौ, तपाईले जुन भिजनका कुराहरु राख्नुभएको छ । त्यसलाई व्यवहारमा उतार्नुहोस हाम्रो भरपूर सहयोग रहन्छ।’
    गाउँपालिका अध्यक्ष जित्नु हुन्छ ?
    जित सुनिश्चित छ। किनभने जनताले विश्वास गर्नुभएको छ, भरोसा गर्नुभएको छ, उर्जा थप्नुभएको छ। र, साथ दिनुभएको छ। किनकी नेताको निम्ति जनता प्रत्यक्ष भगवान हो। उहाँहरुले नै हौसाला, उर्जा दिंदै गर्दा म भित्र त्यो विश्वास छ।
    जित्ने आधार के–के हो ?
    पहिलो कुरा कांग्रेसको संगठन यहाँ मजबुत छ। यहाँको जनताले म,माथि हिजैदेखि गरेको विश्वास र भरोसामाथि म विश्वस्त छु। गाउँपालिका अध्यक्षको उम्मेदवार हुनुभन्दा अगाडी पनि पालिकाको जनताले मलाई खोजिराखेको नै थियो। तपाई जतिको मान्छे आइदिनुस भन्दै गर्दा मलाई पार्टीले अध्यक्ष पदको टिकट दिएर पठाउँदै गर्दा जनतामा एक किसिमको उत्साह देखिएको छ। त्यो पनि अर्को आधार हो।
    चुनावी अभियानमा घरदैलो गर्नेक्रमा होस अथवा पार्टीले राखेको जनतासँग भेट्ने कार्यक्रमहरुमा होस, जनताको उर्जा, हौसला, भरोसा, उहाँहरुले दिएको वचनवद्धतालाई हेर्दाखेरी चुनाव जित्ने सुनिश्चित देखिन्छ।
    जित्नुभयो भने गाउँपालिका कस्तो बन्छ ?
    साकेला गाउँपालिकामा पूर्ण लोकतान्त्रिक सरकार स्थापित हुन्छ। मेरो चाहाना पनि त्यही हो। आज मुलुक लोकतन्त्रमा गईसकेको छ। लोकतन्त्रकै विधि अनुशासनले देश संघीय संरचनामा छ।
    तथापी, जनताले लोकतन्त्रको अनुभूत गर्न पाएको छैन्, उपभोग गर्न पाएको छैन, जुनसुकै पार्टीले जितेर सरकार बने पनि जनताको अभाव, समस्या, गरीवीसँग सौदा गरिराखेको छ। तर, मलाई साकेला गाउँपालिकाको जनताले जिताएर गाउँपालिकाको अध्यक्षको पदमा पु¥र्याउनुभयो भने विगतमा भईराखेको गलत विकृति, विसंगती अथवा गलत प्रथाको अन्त्य हुन्छ।

    मैले जितेर जादै गर्दाखेरि कांग्रेस पार्टीको सरकार हुदैन। सिंगो साकेला गाउँपालिकावासी जनता, नागरिकको सरकार बन्छ। त्यो सरकारको मालिक जनता हुन्छ। र, म खाली जनप्रतिनिधि एउटा सेवकको रुपमा जनताको खेतलाको रुपमा काम गर्छु।
    विगत दिनमा चार बजेसम्म मात्रै पालिकामा सरकार बस्ने गरेको पाइन्थ्यो। जनताको अभाव, दुःख पीडाहरुमा जनताले नै बनाएको सरकार देख्न पाइएन तर, मैले जिते भने २४ घण्टा साकेला गाउँपालिकाभित्र जनतासँग सीधा सम्पर्कमा हुन्छु। जनताको आवश्यकतामा सरकारलाई २४ सै घण्टा भेट्न पाउँछ त्यस्तो सिस्टम बनाउँछु।

    हरेक कुराहरुमा पारदर्शिता हुन्छ। त्यहाँ कुनै आस्थाको हिसाबले,पार्टीगत हिसाबले कुनै पनि कार्यक्रमहरु बन्दैनन्। संघीय संरचनाको मर्म र भावना अनुसार गाउँपालिकाको कार्यक्रमहरु अघि बढ्छ। पालिका सरकार त्यसरी चल्छ।
    मतदाताहरुलाई के भन्नु हुन्छ ?
    साकेलावासी सम्पूर्ण मतदाताहरुलाई म के भन्न चाहान्छु भने, म एक व्यक्ति हुं। पार्टीले पठाएको साकेला गाउँपालिकाको अध्यक्षको पात्र। अब मेरो जित अथवा साकेला गाउँपालिका अध्यक्षको जित साकेलावासीको हातमा छ। मलाई अध्यक्ष पदमा पु¥र्याउनका लागि मतदाताको ठूलो हात छ। मैले चाहेर, मेरो पार्टीले चाहेर मात्रै हुदैन त्यसो भएको हुनाले सम्पूर्ण साकेला गाउँपालिकावासी मतदातालाई म,माथि विश्वास र भरोसा लाग्छ भने, मैले साकेला गाउँपालिकाको अध्यक्षको नेतृत्व गर्दैगर्दा जनताले गरेको अपेक्षा, परीकल्पना, संमृद्ध साकेला गाउँपालिकाको सपना पूरा गर्न सक्छ भन्ने लाग्छ भने मलाई मतदान गर्नुहोस।

    विजयको संघार टेकाइदिनुहोस, तपाईहरुले टेकाउन सक्नुभयो भने तपाईको अपेक्षा, परीकल्पना, सपना र मेरो घोषणापत्रमा प्रतिबद्धता जाहेर गरेका कुराहरु ५ वर्षमा पूर्णरुपमा कार्यान्वयन गर्ने प्रयत्न रहन्छ। त्यसो भएको हुनाले सम्पूर्ण मतदाताप्रति ममाथि विस्वास र भरोसा गर्दै मतदान गरिदिनुहोस यहि अनुरोध गर्न चाहान्छु।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology