मनोज आचार्य खोटाङ,संखुवासभा, तेह्रथुम र ताप्लेजुङको संगमस्थलमा अवस्थित तिन्जुरे, मिल्के, जलजले टिएमजेमा यतिबेला राताम्य भएर गुराँस फुलेको छ। 
गुरासको राजधानी भनेर चिनिने टिएमजेमा चैतदेखि जेठसम्म गुराँस फुल्ने गर्दछ।
बिश्वमा पाइने ४२ प्रजाती र नेपालमा पाइने ३२ मध्ये २८ प्रजातिको लालिगुराँस यस क्षेत्रमा पाइनाले पनि सबैको रोजाइमा टिएमजे क्षेत्रनै पर्ने गर्दछ। गुराँस हेर्न तथा रमाउन वर्षमा लगभग आन्तरिक र वाह्य गरी ५० हजार पर्यटक आउने गर्छन्।
समुन्द्री सतहदेखि २ हजार ६६० मिटरदेखि माथि उचाईमा रहेको तिन्जुरेडाँडाको आसपाल गुराँस फुल्ने गरेको छ। टिएमजेमा नेपाल बाहेक भारतका सिक्किम, दार्जीलिङ,आसाम, ग्यान्टोक लगायतका क्षेत्र देखि समेत पर्यटक आउने गरेको पाइन्छ। 
सबै तस्विर : मनोज आचार्य
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology