समायोजन खबर खोटाङ,जिल्ला प्रहरी कार्यालय खोटाङले लिखत सम्वन्धी कसुर गर्नेलाई पक्राउ गरेको छ। अरुको शैक्षिक प्रमाणपत्रको प्रतिलिपीमा आफ्नो नाम, ठेगाना र तस्बिर टाँसेर किर्ते प्रमाणपत्र तयार पारेर सूचना तथा प्रशारण बिभागमा अनलाईन मिडिया दर्ता गरेको भन्दै उजुरी परेको आधारमा प्रहरीले हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका ३६ वर्षीय मनोज कुमार गिरीलाई पक्राउ गरेको हो।
हलेसीपाटी डटकम नामक अनलाइन दर्ता गर्नेक्रममा गिरीले ब्रिलियन्ट बहुमुखी क्याम्पस चावहिल, काठ्माण्डौंमा व्यवस्थापन विषयमा स्नातक तह अध्ययन गरेको प्रमाणपत्र पेश गरेका थिए। तर उनले अर्काको नामको शैक्षिक योग्यताको चारित्रिक प्रमाणपत्र र लव्धांकपत्रको प्रतिलिपीमा आफ्नो नाम, ठेगाना समाबेस गरी सरकारी छाप दस्तखत किर्ते कागजातको आधारमा अनलाइन दर्ता गरेर सञ्चालन गरेको भन्दै उजुरी परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले प्रतिवादी गिरीलाई काठ्माण्डौं महानगरपालिका–३२ पेप्सीकोलाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका सुचना अधिकारी प्रहरी निरिक्षक सागर साहले जानकारी दिए।
गिरीलाई जिल्ला अदालतबाट लिखत सम्वन्धी कसुरमा मंगलबार ५ दिनको म्याद थप अनुमती लिएर हिरासतकक्षमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गिरीलाई प्रहरीले आइतबार पक्राउ गरेको थियो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology