• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रदेश १ खेलकुदमा अब्बल हुनुपर्‍यो : मन्त्री राई

प्रदेश १ खेलकुदमा अब्बल हुनुपर्‍यो : मन्त्री राई


समायोजन खबर
  • मंगलबार, चैत्र २२ २०७८

  • समायोजन खबर, प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले प्रदेश १ को खेलकुदलाई अब्बल बनाउनुपर्ने बताउनुभएको छ। उहाँले खेलकुद क्षेत्रको समग्र विकास आवस्यक रहेकोमा जोड दिनुभयो।

    सामाजिक विकास मन्त्रालयमा आयोजित नवनियुक्त प्रदेश खेलकुद विकास बोर्ड उपाध्यक्ष र सदस्य सचिवको सपथ ग्रहण कार्यक्रममा मन्त्री राईले सो कुरा बताउनु भएको हो। उहाँले नवनियुक्त उपाध्यक्ष जीना कार्की र सदस्य सचिव हंशराज वाग्लेलाई प्रदेशको खेलकुदलाई गतिदिने गरि काम गर्न आग्रह गर्नुभयो। मन्त्री राईले भन्नुभयो,‘ काँधमा जिम्मेवारी थपिएको छ, कार्यकाल सफल होस्।’

    सपथग्रहण कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव दीर्घराज मैनाली, उपसचिव फडिन्द्र खत्री लगायतको सहभागिता रहेको थियो।
    प्रदेश १ मन्त्रिपरिषद्को आज विहान बसेको बैठकले प्रदेश खेलकुद विकास बोर्डका पदाधिकारी नियुक्त गर्ने निर्णय गरेको थियो।

    मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा विराटनगरकी कार्की र सदस्य सचिवमा ओखलढुंगाको ज्यामिरेका हंशराज वाग्लेलाई नियुक्त गर्ने निर्णय गरेको थियो। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद विकास बोर्डका पदाधिकारीले सन्तोषजनक काम गर्न नसकेको भन्दै बर्खास्त गर्ने निर्णय गरेको थियो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology