• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

हलेसीमा १८ दिनमा ५ लाख ४ हजार भेटी संकलन

हलेसीमा १८ दिनमा ५ लाख ४ हजार भेटी संकलन


समायोजन खबर
  • आइतबार, चैत्र २० २०७८

  • हलेसी महादेव मन्दिरको प्राङ्गणमा राखिएको दानपेटिका । तस्विर समायोजन खबर ।

    समायोजन खबर खोटाङ, खोटाङको हलेसी महादेव मन्दिरमा १८ दिनमा ५ लाख ४ हजार बढी भेटीघाटी संकलन भएको छ। हलेसी महादेव शिव पार्वती थान, मन्दिरको प्राङगणमा रहेको दानपेटिका गरी ५ लाख ४ हजार ९ सय रुपैयाँ भेटीघाटी संकलन भएको हो।

    २०७८ चैत्र १ गतेदेखि १८ गतेसम्म उक्त भेटीघाटी संकलन भएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिए। राईका अनुसार शिव पार्वती थानमा ४ लाख ३६ हजार र मन्दिर प्राङगणमा रहेको दानपेटिकामा ६८ हजार ९ सय रुपैयाँ भेटीघाटी संकलन भएको छ। भारतीय रुपैयाँ ३ हजार ४ सय, अमेरिकन डलर १ तथा चाँदि १४.६५ ग्राम, सुन ०.०५९ तोला श्रद्धालु भक्तजनले चढाएका छन्।

    पानी, भेटी गणना, अतिथि खाजा लगायत अन्य खर्च गरी ६२ हजार ५१० रुपैयाँ खर्च भएको र बाँकी ४ लाख ४२ हजार ३९० रुपैयाँ माछापुच्छ्रे बैंक हलेसी शाखामा रहेको ‘हलेसी मन्दिर व्यवस्थापन समिति’को खातामा जम्मा गरिएको सूचना केन्द्रका प्रमुख राईले बताए।

    धुमथाङ १ सिन्धुपाल्चोकका धन बहादुर गुरुङले १ तोलाको सुनको दियो र ३ तोला ८७ लाल चाँदीको प्लेट चढाएका छन्। बुढानिलकण्ठ नगरपालिका–१० कपन काठमाण्डौका कान्छा तामाङले २५.१० तोलाको विश्कोट आकारको १ थान चाँदी चढाएका छन्।

    मुलुकमा संघीय संरचना लागू भएपछि स्थानीय सरकार कार्यान्वयन भएसँगै हलेसी तुवाचुङ नगरपालिकाले हलेसी सूचना केन्द्र स्थापना गरी कर्मचारी राखेर संकलन भएको भेटीघाटी समय–समयमा सार्वजनिक गर्दै आएको छ। भेटीघाटीमा दुरुपयोग हुन नदिन मन्दिर परिसरमा सीसी क्यामेरा समेत राखिएको छ।
    संकलन भएको भेटी गणनाका लागि सीसी क्यामेराको निगरानीमा सूचना केन्द्र, हलेसी विकास समिति, प्रहरी र मन्दिर व्यवस्थापन समितिका एक/एक जना प्रतिनिधि राखिने गरेको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले बताए। भेटी गनेर सकिएपछि तत्काल बैंकमा जम्मा गरिने र मन्दिर व्यवस्थापन लगायतमा काम गर्ने कर्मचारीहरुलाई बैकिङ प्रणालीबाट तलब दिने व्यवस्था मिलाईएको नगरप्रमुख राईको भनाई छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology