• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

जसले सपनामा हलेसी देखे, अनि बिपनामा आएर आर्थिक सहयोग गरे

जसले सपनामा हलेसी देखे, अनि बिपनामा आएर आर्थिक सहयोग गरे


समायोजन खबर
  • शुक्रबार, चैत्र १८ २०७८

  • घण्टी बनाउन हलेसी प्रतिष्ठानका संयोजकलाई चेक हस्तान्तरण गर्दै हिरा बहादुर कार्की(दाँया)।

    समायोजन खबर खोटाङ, कास्की पोखरा बैदाम खहरेचोकका हिरा बहादुर कार्कीले मंगलबार राती पूर्वको पशुपतिनाथले प्रसिद्ध हलेसी मन्दिर/गुफा सपनामा देखे। बिपनामा समेत हलेसी नआएका/नदेखेका कार्कीलाई त्यो सपनाले उकुसमुकस बनायो। हलेसी दर्शन तथा अवलोकनमा जाउँजाउँ बनायो।

    भोलिपल्ट बिहानै बुधबार हतार–हतार तयार भएर कार्की हलेसीतर्फ लागे। बिहीबार बिहान ८ बजे सपनामा मात्रै देखेको हलेसीलाई कार्कीले बिपनामै दर्शन तथा अवलोकन गरे। उनले हलेसीको दर्शन अवलोकन मात्रै गरेनन्।

    आफ्नो स्वर्गीय बुबा समाजसेवी बल बहादुर कार्कीको नाममा हलेसीमा रहने गरी घण्टी निर्माण गर्ने निधो गरे। बुवा समाजसेवामा भएकै कारण आफूले पनि बुबाकै बाटो पहिल्याएर समाजसेवा गर्दै आएका कार्कीले बुवाको नाममा घण्टी बनाएर राखिदिन भनि हलेसी प्रतिष्ठान हलेसीका संयोजक सयन्द्र राईलाई हलेसीमा १ लाख ५० हजारको चेक हस्तान्तरण गरे।

    जीवनमा पहिलो पटक हलेसी दर्शन गरेका कार्कीले आफैले बुवाको नाममा घण्टी बनाएर राख्न सक्ने भए पनि प्रतिष्ठानका संयोजक राईलाई जिम्मा दिए। कार्कीले बुवाको नाममा घण्टी बनाएर राख्नका लागि आफूलाई अनुरोध गरेको र त्यो आफूले स्वीकार गरेको राईले सुनाए। कार्कीको यो कामले हलेसीलाई थप सहयोग पुगेको छ।

    कार्कीले खेलकुद सामग्री खरीदका लागि पनि ५० हजारको चेक हलेसी प्रतिष्ठानका संयोजक राईलाई हस्तान्तरण गरेका छन्। सो रकमले हलेसी भेगका खेलाडीका लागि खेलकुद सामग्री खरीद गरिनेछ। होटल व्यवसायी, पर्यटन व्यवसायी तथा समाजसेवी कार्कीले सामाजिक कार्यका लागि देशभर आर्थिक सहयोग गर्दैै आएका छन्।

    काठमाण्डौ, पोखरा, बैङलोर र कोरियामा होटल व्यवसाय तथा खासगरी कोरियन पर्यटक नेपाल भित्र्याउनमा महत्वपूर्ण भूमिका खेल्दै आएका कार्कीले लुम्बिनीमा दुई, पोखरामा चार स्थानमा विद्यालय भवनहरु निर्माण गरिदिएका छन्। खोटाङमा पनि उपर्युक्त स्थानमा विद्यालय भवन बनाईदिने विषयमा आफू चिन्तित रहेको कार्कीले बताएका छन्।
    कार्की र राईले लगाए मित
    हलेसी दर्शनपछि राप्रपाका केन्द्रीय सदस्य तथा सूचना प्रविधि विभाग प्रमुख रबिन चाम्लिङसँग पर्शुराम कृषि फर्म एण्ड होम स्टे नेर्पा भ्रमणमा पुगेका कार्की र पर्शुराम कृषि फर्म एण्ड होम स्टेका प्रवन्धक शम्भु राईले लोप हुंदै गएको मितेरी परम्परा मित लगाएका छन्।मित लगाएपछि (चिनो) उपहार साटासाट गर्दै शम्भु राई(बाँया)र हिरा बहादुर कार्की(दाँया)।

    हराउदै गईरहेको मितेरी परम्परालाई संरक्षण गर्न र एकअर्कालाई नजिकबाट बुझनका लागि मित लगाईएको हो। राई रोजगारीका लागि कोरिया बसेर नेपाल आएका हुन् भने कार्की कोेरियामा होटल व्यवसाय गर्दैै आएका छन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology