• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा २२ वटा टावरबाट फोरजी सेवा सुरु

खोटाङमा २२ वटा टावरबाट फोरजी सेवा सुरु


समायोजन खबर
  • मंगलबार, चैत्र १५ २०७८

  • मुडेमा निर्माण गरिएको फोरजी टावर। फाइल तस्विर।

    समायोजन खबर खोटाङ, खोटाङमा नेपाल टेलिकम(नमस्ते)ले निर्माण गरेको २२ वटा टावरबाट फोरजी सेवा सुरु भएको छ। जिल्लाको विभिन्न स्थानमा निर्माण गरिएका टावरहरु सञ्चालन भएसँगै फोरजी सेवा सुचारु भएको हो।

    फोरजी सञ्चालन गर्न टेलिकमले टेण्डरमार्फत जिल्लाका लागि २८ वटा टावर निर्माण गरिसकेको र त्यसमध्येमा २२ वटा टावरबाट फोरजी र १ वटा टावरबाट टुजी सेवा सञ्चालन भईसकेको नेपाल दुरसञ्चार शाखा कार्यालय खोटाङका प्रमुख खगेन्द्र बलम्पाकी मगरले जानकारी दिए।
    मगरका अनुसार चिसापानी, सावाकटहरे, खोटाङबजार, सिमपानी, बराहपोखरी, च्यास्मिटार, बाहुनीडाँडा, हलेसी, खार्पा, दुवेकोल, ऐसेलुखर्क, बाक्सिला, दोर्पा आहाले, बाँझेच्यानडाँडा, खिदिमा, मात्तिम, मुडे, रत्नपार्क, दुरसञ्चारको कार्यालय दिक्तेल, देविस्थान, बतासे र बुईपाको टावरबाट फोरजी तथा फेदीको टावरबाट टुजी सेवा सुचारु भईसकेको छ।

    छितापोखरी र ऐसेलुखर्क गाउँपालिकाको रुकुपाई देविस्थानमा टावर निर्माण र सोलार जडानको काम सकिएको छ। त्यहाँका लागि आवश्यक सामान यहि महिनामा आईपुग्ने र तत्काल फोरजी सेवा सञ्चालन हुने मगरले बताए। ति दुई टावरमा एन्टिना राखेर सञ्चालन गर्न मात्रै बाँकी छ।

    पाथेका, जन्तेढुंगाको आमचोक र मेरुङडाँडामा पनि टावर निर्माणको काम भने सकिएको छ। तीन स्थानमा विजुली बत्ती नपुगेको र ति स्थानमा सोलारबाट विधुत आपूर्ति गर्नुपर्ने भएकाले आवश्यक सामान ढुवानीका लागि अर्डर भईसकेको छ।

    टेण्डर आव्हान मार्फत टेलिकमले टावरहरु निर्माण गरेर सञ्चालनमा ल्याएको हो। जिल्लाको दुरदराजका स्थानहरुमा नेटवर्क टिप्नेगरी टावरहरु सञ्चालन भएपछि फोन गर्नकै लागि डाँडाकाँडा धाउनुपर्ने र रुख चढ्नुपर्ने बाध्यता अन्त्य भएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology