• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

केही दिन मौसम बदली

केही दिन मौसम बदली


समायोजन खबर
  • मंगलबार, चैत्र १५ २०७८

  • सांकेतिक तस्विर।

    समायोजन खबर, पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण अबको केही दिन देशको धेरैजसो भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । केही ठाउँमा मेघगर्जन तथा चट्याङसहित सामान्य वर्षा हुने छ।

    केही दिन देशको धेरैजसो भू–भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागमा सामान्य पानी पर्ने सम्भावना रहेको विभागले जनाएको छ। आज राति प्रदेश नं १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १ को पहाडी भूभागका केही स्थानमा सामान्य वर्षाको सम्भावना रहेको छ।

    मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १५ दशमलव पाँच डिग्री तथा अधिकतम तापक्रम २९ दशमलव शून्य डिग्री सेल्सियस छ। आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम आठ दशमलव सात डिग्री र सबैभन्दा बढी र नेपालगञ्जको अधिकतम तापक्रम ३४ दशमलव ६ डिग्री सेल्सियस रहेको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology