• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोलामा गाडी कुदाउने दिन गए

खोलामा गाडी कुदाउने दिन गए


समायोजन खबर
  • शुक्रबार, चैत्र ११ २०७८

  • साप्सुखोलाको नवनिर्मित पुल उद्घाटनमा सहभागीहरु।

    समायोजन खबर खोटाङ,खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेको सिमाना साप्सुखोलास्थित बाटोफेदीमा मोटरेबल पुल निर्माण भएपछि खोलामा गाडी कुदाउनुपर्ने बाध्यता हटेको छ।

    सो गाउँपालिकाले खाल्लेको आहालेबाट साप्सुखोला हुंदै याम्खासम्म विस्तार गरेको सवैभन्दा छोटो दुरीको सडक खोलेपछि साप्सुखोलामा सोही गाउँपालिकाले पुल बनाएको हो। पुलको ७ चैत्रमा प्रधानमन्त्री शेर बहादुर देउवाले उद्घाटन गर्नुभएको थियो।

    ४० मिटर लम्बाई, ६ मिटर चौडाईको प्रिस्ट्रेल बिम मोटरेबल पुलका लागि गाउँपालिकाले भ्याटसहित ५ करोड ६० लाख १० हजार ५४५ रुपैयाँ वजेट खर्चेको हो। छोटो दुरीको सडक विस्तार गरिए पनि हिउँदमा जोखिम मोलेर साप्सुखोलाबाटै यातायातका साधन सञ्चालन गर्दा दुर्घट्ना हुने र बर्खामा यातायात ठप्प हुने भएपछि पुल निर्माण गरिएको दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताउनुभयो।

    साप्सुखोलामा मोटरेबल पुल सञ्चालन भएपछि उक्त गाउँपालिकासहित खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका र बराहपोखरी गाउँपालिकालाई बिकासे काम गर्न सहज हुने भएको छ। मोटरेबल पुल नहुंदा बर्खामा बस तथा ढुवानी गर्ने गाडीहरु बन्द हुने गर्दथ्यो। मोटरसाईकल नजिकैको झोलुङगे पुलबाट तारिने गरिएको थियो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology