• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

भोल्टेज अपग्रेड गर्दै प्राधिकरण

भोल्टेज अपग्रेड गर्दै प्राधिकरण


समायोजन खबर
  • शनिबार, फाल्गुन २८ २०७८

  • प्राधिकरणले हुर्लुङमा राखेको ५० केभिएको ट्रान्सफर्मर।

    समायोजन खबर खोटाङ, नेपाल विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रले पर्याप्त भोल्टेज नपुगेका स्थानहरुमा भोल्टेज अपग्रेड गर्ने काम सुरु गरेको छ। भोल्टेज नपुगेका ग्राहस्थ तथा औधोगिक क्षेत्रहरुमा धमाधम भोल्टेज अपग्रेड गर्ने काम सुरुवात गरेको हो।

    प्राधिकरणले हुर्लुङ वातलमा अवस्थित अक्वा मिनरल वाटर उधोग(मिरमिरे जल)लाई हुर्लुङमै ५० केभिए ट्रान्सफर्मर राखेर भोल्टेज अपग्रेड गरिदिएको छ। यसअघि १५ केभिए सिङगल फेज ट्रान्सफर्मरबाट उधोगले विधुत प्रयोग गर्दा भोल्टेजको सबैभन्दा बढी समस्या थियो।

    विगत ५ वर्षयता लो भोल्टेजका कारण विजुली हुंदाहुंदै पनि जेनेरेटरबाट उधोग चलाउनुपर्ने बाध्यता थियो। जेनेरेटरबाट उधोग सञ्चालन गर्दा उत्पादित पिउने पानी महंगो हुने गर्दथ्यो। उधोगका प्रोपाईटर फुर्वा शेर्पाले भने, ‘उधोगलाई हौसला स्वरुप प्राधिकरणले बेग्लै ट्रान्सफर्मर राखिदिएपछि अब भोल्टेजको समस्या सदाका लागि हल भएको छ।’

    यस्तै, बाम्राङ–रत्नपार्क फिडरको भोल्टेजको समस्यालाई अन्त्य गर्नका लागि प्राधिकरणले बाम्राङमा सय केभिएको ट्रान्सफर्मर राखेर सञ्चालनमा ल्याएको छ। त्यस फिडरमा भोल्टेज नपुग्दा ग्यारेज तथा पेट्रोल पम्पमा जेनेरेटरबाट विधुतको काम गर्नुपर्ने वाध्यता थियो।

    मिनरल वाटर उधोगलाई नुनथला–जालपा फिडरको ११ केभिए हाईटेन्सन लाईनबाट विधुत विस्तार गरी ट्रान्सफर्मर राखिएको र बाम्राङ–रत्नपार्क फिडरलाई बाम्राङ–मुढे ब्यारेक फिडरको ११ केभिए प्रसारण लाइनबाट विधुत विस्तार गरी ट्रान्सफर्मर राखेर सुचारु भएपछि दुबै ठाउँको भोल्टेज नपुग्ने समस्या समाधान भएको प्राधिकरण प्रमुख विजयराज रेग्मीले बताए। सेवाग्राहीको गुनासो र भोल्टेज नपुगेका स्थानहरुको खोजी गरी ति ठाउँहरुमा पनि भोल्टेज अपग्रेड गरिदै जाने रेग्मीले सुनाए।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology