• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

मतपत्रको रङ किन हरियो राख्ने ? रुखैरुख देखियोस् भनेर ?

मतपत्रको रङ किन हरियो राख्ने ? रुखैरुख देखियोस् भनेर ?


समायोजन खबर
  • मंगलबार, फाल्गुन २४ २०७८

  • समायोजन खबर, एमाले अध्यक्ष केपी ओलीले आगामी निर्वाचनका लागि मतदाता पत्रको रङ हरियो राख्न थालिएको भन्दै आपत्ति जनाउनु भएको छ।

    अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मंगलबार बसन्तपुरमा एमालेनिकट भ्रातृ संगठन अनेमसंघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मतदाता पत्र हरियो राख्न नहुने भन्दै यसलाई सच्याउनुपर्ने बताउनुभयो।

    ‘मैले सुनेको छु, चुनाव चिह्न राख्ने रे । सञ्चार माध्यममा देखेँ । तर, व्यस्त रहेकाले मैले आयोगलाई सोध्न भ्याएको छैन’, उहाँले भन्नुभयो ‘किन हरियो राख्ने र? रुखैरुख देखियोस् भनेर ? तर, यो आयोगले निर्णय गरेको भए सच्याउनुपर्छ।’

    एमालेविरुद्ध राज्यका सबै अंग प्रयोग गरिएको भन्दै उहाँले एमालेविरुद्ध गरिएका कार्य सच्याउन अध्यादेशबाट पनि सकिनेबताउनुभयो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology