समायोजन खबर खोटाङ, नेपाल निजामती कर्मचारी युनियन प्रदेश नं. १ को अध्यक्ष पदमा मान बहादुर वन भारी मतले निर्वाचित भएका छन्। युनियनको विधान अनुसार निर्वाचित प्रदेश अध्यक्ष स्वतः केन्द्रीय उपाध्यक्ष हुने व्यवस्था छ।
निवर्तमान युनियनका केन्द्रीय सदस्य तथा हालको खोटाङको बराहपोखरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वनले प्रत्यासी तोयानाथ तिम्सिनालाई १५१ मतान्तरले पछि पारेका थिए। निर्वाचित अध्यक्ष वनले ३७७ मत पाउँदा तिम्सिनाले २२६ मत ल्याएका थिए।
अब १४ जिल्लाका लागि प्रादेशिक राजधानीमा प्रदेश निजामती कर्मचारी युनियनको कार्यालय खडा गर्ने, जनतालाई दिने सेवा सुविधा थप गुणस्तरीय बनाउने र प्रदेश सरकारलाई सल्लाह सुझाव दिने काममा क्रियाशिल हुने नवनिर्वाचित प्रदेश अध्यक्ष वनले बताए।आफ्नो कार्यकालभर प्रदेशमा निजामती कर्मचारी युनियनको संगठन रहर लाग्दो र भरलाग्दो हुने उहाँको भनाई छ।
‘राष्ट्रसेवा, निष्पक्षता, तटस्थता र कर्मचारी एकता’ नाराका साथमा २१ फागुनदेखि २३ फागुनसम्म काठमाण्डौस्थित नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा नेपाल निजामती कर्मचारी युनियनको ८ औं केन्द्रीय महाधिवेशन भएको थियो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology