• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

झापा गोल्डकप उद्घाटन आज, सातदोबाटो र जावलाखेल भिड्दै

झापा गोल्डकप उद्घाटन आज, सातदोबाटो र जावलाखेल भिड्दै


समायोजन खबर
  • शनिबार, फाल्गुन २१ २०७८

  • समायोजन खबर, झापा गोल्डकपको पाँचौं संस्करणको तयारी पूरा भएको छ। आज ९शनिबार० देखि हुने मोफसलकै प्रतिष्ठित झापा गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको झापा गोल्डकप आयोजक समितिले जनाएको छ। बिर्तामोडस्थित डोमलाल राजवंशी रंगशालामा आज हुने उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लबबीच हुँदैछ। गोल्डकपको उद्घाटन पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले हिमालय टाइम्सलाई जानकारी दिनुभयो।

    प्रतियोगितामा भारतको दार्जिलिङको एम।एफसी र सिक्किमको आरपी एफसीको सहित साविक त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, थ्री स्टार क्लब, संकटा क्लब, झापा ११ फुटबल क्लब, एपीएफ फुटबल क्लब सहभागी हुँदैछन्।

    झापा गोल्डकपको विजेताले १२ लाख ५५ हजार पाउनेछन् । उपविजेताले ६ लाख पाँच हजार रुपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ। प्रतियोगिताको ‘मष्ट भ्यालुएवल प्लेयर’ले एक थान मोटर साइकल पाउनेछ। यस्तै, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई नगर २१ हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ। प्रतियोगिताको सर्वाधिक गोलकर्ताले नगद २५ हजार पाउनेछन्। प्रत्येक खेलको म्यान अफ दि म्याचलाई नगद नौ हजार ९९९ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । पाँचौं संस्करणको यो गोल्डकपमा नेपाल आइस बियरले मुख्य प्रायोजन गर्दैछ।

    प्रतियोगिताका लागि १२ हजार दर्शक अट्ने प्याराफिट निर्माण गरेको छ। प्रतियोगिता सम्पन्न गर्ने एक करोड ४० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको आयोजक समिति अध्यक्ष बस्नेतले बताउनुभयो। गोल्डकपको समापन कांग्रेस नेता कृष्ण सिटौलाले गर्ने जनाइएको छ।

    ‘हाम्रो गौरव हाम्रो मान, झापा गोल्ड हाम्रा शान’ भन्ने नारासहित सञ्चालन हुने पाँचौं झापा गोल्ड कपको औपचारिक मस्कटका रूपमा हात्तीको छावालाई प्रतिनिधित्व गराइएको छ। छावाले फुटबल प्रहार गर्दै गरेको प्रतीकका रूपमा मस्कट निर्माण गरिएको छ। गोल्ड कपका लागि तयारी गरिएको जर्सीसमेत झापा जिल्ला खेलकुद संघका पूर्वअध्यक्ष जलकुमार गुरुङ र गोल्ड कप समितिका पूर्वअध्यक्ष महेन्द्र गिरीले सार्वजनिक गर्नुभएको थियो।

    गोल्ड कपलाई एउटा सामाजिक तथा स्थापित संस्थाका रूपमा अगाडि बढाउन र जिल्लामै अगुवा संस्थाका रूपमा चिनाउन सबैखाले सामाजिक अभियानसँग जोडेर लगिएको अध्यक्ष बस्नेतको भनाइ छ। उहाँले प्रतियोगितालाई सफल बनाउन झापाली उद्योग, व्यवसायी र खेलप्रेमी महानुभाव, पत्रकारसँग आग्रहसमेत गर्नुभएको थियो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology