समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको हाटडाँडा–अस्पताल चोक फिडरमा शनिबार विधुत आपूर्ति बन्द हुने भएको छ।
दिक्तेलबजार क्षेत्रको ११ केभी हाईटेन्सन लाइनको तार अपग्रेड गर्ने क्रममा विधुत आपूर्ति बन्द हुने विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रले जनाएको छ।
उक्त फिडरमा पूरानो तार हटाएर नयाँ तार लगाउने र ईन्सुलेटेड कभर कन्डक्टर तान्ने काम गरिने हुंदा शनिबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म लफ्याङ, खाल्ले, चिउरीडाँडा, निर्मलीडाँडा, अस्पताल चोक, आचार्य गाउँ लगायतका स्थानमा विधुत आपूर्ति बन्द हुने प्राधिकरण प्रमुख विजयराज रेग्मीले बताए।
प्राधिकरणले पछिल्लो समय बुईपा सब–स्टेशनबाट दिक्तेलबजारसम्म ११ केभी हाईटेन्सन लाइनको सानो साईजको तार हटाएर वन क्षेत्र, मानव वस्ती क्षेत्रमा ईन्सुलेसन तार र अन्य क्षेत्रमा नयाँ नाँगो तार फेरिरहेको छ।
यसरी तार अपग्रेड गर्दा विधुत ट्रिप नहुने, भोल्टेजमा समस्या नहुने र वन क्षेत्र, मानव वस्ती क्षेत्रमा तार चुडिए पनि दुर्घट्ना नहुने प्राधिकरणको भनाई छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology