• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

संगठन सुदृढिकरण र संस्थागत विकास गर्न अध्यक्षमा दाबि गरेको हुं : वन

संगठन सुदृढिकरण र संस्थागत विकास गर्न अध्यक्षमा दाबि गरेको हुं : वन


समायोजन खबर
  • मंगलबार, फाल्गुन १७ २०७८

  • खोटाङको बराहपोखरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर वन।

    समायोजन खबर खोटाङ, नेपाल निजामती कर्मचारी युनियनको ८ औं केन्द्रीय महाधिवेशन २१ फागुनदेखि २३ फागुनसम्म काठमाण्डौस्थित नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा हुंदैछ। ‘राष्ट्रसेवा, निष्पक्षता, तटस्थता र कर्मचारी एकता’ नाराका साथमा हुने अधिवेशनमा मान बहादुर वनले प्रदेश नं. १ को अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन्।

    युनियनको केन्द्रीय सदस्य तथा खोटाङको बराहपोखरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वनसँग निजामती कर्मचारी युनियनको महाधिवेशन लक्षित गरेर समायोजन खबरले संक्षिप्त कुराकानी गरेको छ।
    निजामती कर्मचारी युनियन प्रदेश १ को अध्यक्ष(केन्द्रीय उपाध्यक्ष)पदमा उम्मेद्वारी दिदै हुनुहुन्छ तयारी कस्तो छ ?
    सबै प्रदेशका केन्द्रीय पदाधिकारीहरु, जिल्ला अध्यक्ष, महाधिवेशन प्रतिनिधिहरु, आधिकारीक ट्रेड युनियनका साथीहरुसँग सल्लाह गरेर प्रदेश नं. १ अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेको हो। सबै साथीभाईहरुसँग फोन सम्पर्क भईरहेको छ। म्यासेजहरु गरिरहेको छु। सामाजिक सञ्जालमार्फत कुराहरु भईरहेका छन्। सोचेभन्दा बढी नै तयारी गरिरहेको छु।
    प्रदेश १ को अध्यक्ष स्वतः (केन्द्रीय उपाध्यक्ष) हुने प्रावधान छ। अध्यक्षमै उठ्नुपर्ने किन ?
    विभिन्न जिल्लामा रहेर करीव २६ वर्षदेखि निरन्तर संस्थामा कृयाशिल रहंदै आएको छु। उदयपुरमा दुई कार्यकाल सचिव र दुई कार्यकाल अध्यक्ष पनि भए। देशव्यापीबाट लोकप्रिय मत प्राप्त गरेर केन्द्रीय सदस्य हुंदै आएको र सो बमोजिम मलाई खटाएका जिल्लाहरुमा मैले इमान्दारपूर्वक काम गरेको हुनाले अब आफूलाई अपग्रेड गर्नका लागि र सबै साथीभाईको काम गर्न तथा संगठन सुदृढिकरण र संस्थागत विकासका लागि अध्यक्ष पदमा दाबि गरेको हो।
    प्रदेश १ को अध्यक्ष जित्नु हुन्छ ? जित्ने आधार केके हो ?
    कर्मचारीहरुको हक अधिकार र पेशागत मर्यादा, वृत्तिविकासका लागि निरन्तर क्रियाशिल भएर संस्थागत विकासका लागि निरन्तर काम गरे। संस्थाप्रति म कहिल्यै विचलित भईन। ट्रेड युनियन अधिकार प्राप्तीका लागि निरुन्तर क्रियाशिल रहेको छु। सबै ट्रेड युनियनहरुसँग समन्वयमा राम्रो भूमिका खेलेको छु। यही आधारहरु नै मैले जित्ने आधारहरु हो।
    निर्वाचन प्रक्रियामा हारजित स्वभाविक हो। यदि तपाई अध्यक्ष हुनु भएमा प्रदेशमा निजामती कर्मचारी युनियन कस्तो हुन्छ ?
    देश संघीय संरचनामा गईसकेको छ। संघ, प्रदेश र स्थानीय तहमै निजामती कर्मचारीहरुका लागि विभिन्न संगठनहरु खडा भएका छन्। प्रदेश निजामती कर्मचारी युनियनको सन्दर्भमा भन्नुपर्दा प्रदेश नं. १ अध्यक्षमा उम्मेद्वारी दिंदै छु। १४ जिल्ला छ त्यहाँ।

    १४ जिल्लाका लागि प्रादेशिक राजधानीमा प्रदेश निजामती कर्मचारी युनियनको कार्यालय खडा गरेर संस्थागत हिसाबले प्रदेशभरीको जिल्लाका साथीहरुसँगको पिरमर्का, जनतालाई दिने सेवा सुविधा गुणस्तरीय बनाउन र प्रदेश सरकारलाई सल्लाह सुझाव दिने कामका लागि म क्रियाशिल हुनेछु। प्रदेशमा निजामती कर्मचारी युनियनको संगठन रहर लाग्दो र भरलाग्दो हुनेछ।
    अन्त्यमा, महाधिवेशन प्रतिनिधि, जिल्ला अध्यक्ष, विभागीय अध्यक्षहरुलाई के भन्नुहुन्छ ?
    सबै महाधिवेशन प्रतिनिधिहरु, पदाधिकारी साथीहरु, ट्रेड युनियनका अध्यक्षहरु लगायत सम्पूर्ण युनियनकर्मी साथीहरुमा के हार्दिक आव्हान गर्न चाहान्छु भने, हामी संस्थामा काम गर्न आउने हो, काम गर्ने मान्छेलाई संस्थामा आउन रोक्नु हुदैन।
    मैले आफै काम गरेको छु। मैले आफै काम गरेको हुनाले मलाई नरोक्नुस, सबैले माया गर्नुहोस र आफ्नो अमुल्य मत दिएर मलाई एकचोटी संस्थाप्रति क्रियाशिल हुने अवसर दिनुहोस। यदि तपाईहरुको मत पाए पनि, नपाए पनि म सधैभरी युनियनको संस्थामा क्रियाशिल रहनेछु। मत दिंदा आफ्नो हैन काम गर्ने मान्छेलाई मत दिनुहोस।
    यो पनि पढ्नुहोस, कर्मचारी युनियनको प्रदेश १ अध्यक्षमा वनको उम्मेद्वारी घोषणा

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology