समायोजन खबर, प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओली निवास बालकोट पुग्नुभएको छ।
अमेरिकी सहयोग एमसीसी सम्झौता संसदबाट पारित गर्ने विषयमा दलहरूबीच विवाद भइरहेका बेला प्रधानमन्त्री देउवा सहमति जुटाउनका लागि प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष ओलीलाई भेट्न बाल्कोट पुग्नुभएको हो।
प्रचण्ड र नेपालसँगको छलफल सकिएपछि देउवा छलफलका लागि प्रतिपक्षी दलका नेता ओलीसँग छलफल गर्न बालकोट पुग्नु भएको हो। बालकोट भेटमा एमाले अध्यक्ष ओलीसँगै महासचिव शंकर पोखरेल र नेता प्रदीप ज्ञवाली सहभागी हुनुहुन्छ। यस्तै कांग्रेसबाट सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र गगन थापा पनि हुनुहुन्छ।
प्रधानमन्त्री देउवा बालकोट जानुअघि बालुवाटारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि छलफल गर्नुभयो। एमालेले एमसीसीबारे नकारात्मक टिप्पणी गरेको छैन। तर एमसीसी छलफलका लागि आफूहरूलाई संसदमा छलफलको वातावारण बनाउनुपर्ने माग गर्दै आएको छ। आफूले कारबाही गरेका १४ सांसदलाई सभामुखले उन्मुक्ति दिएको भन्दै एमालेले लामो समयदेखि संसदमा अवरोध गर्दै आएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology