समायोजन खबर, नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना संसदबाट पारित गर्नुपर्ने विषयमा नेताहरूको एकमत देखिएको छ।
यससँगै गठबन्धनको मतलव नराखी एमसीसी पारित गर्नुपर्ने विषयमा कांग्रेस अघि बढ्ने भएको छ। बैठकमा पूर्वअर्थमन्त्री समेत रहनु भएको डा रामशरण महतले एमसीसी परियोजना बारे विस्तृतमा चर्चा गर्नुभएको थियो।
प्रधानमन्त्री समेत रहनु भएको पार्टी सभापति शेरबहादुर देउवाले संक्षेपमा एमसीसी बारे लिखित सामग्री डा.महतसँग मागेको बैठकमा सहभागी नेता डा. शशांक कोइरालाले बताउनुभयो। ‘एमसीसी विद्युत र सडकका लागि हो र यो कुरा हामीले जनमानसमा भन्नुपर्छ भन्दै डा. रामशरण महतले लामो विवरण राख्नुभयो। उहाँले भन्नुभयो कि, यो हामीले लिनुपर्छ। त्यसपछि सभापतिजीले मलाई संक्षेपमा यसबारे लेखेर दिनु, साथीहरूसँग कुरा गर्छु भन्नुभयो’, कोइरालाले भन्नुभयो।
बैठकमा डा. कोइरालाले गठबन्धनसहित कांग्रेस निर्वाचनमा जान नहुने धारणा पनि राख्नुभएको थियो। बैठकमा आफ्ना धारणा राख्दै कोइरालाले आफ्नो अस्तित्व जोगाउनुपर्ने भन्दै गठबन्धनमा बस्न नहुने बताउनुभयो।
‘हाम्रो अस्तिस्व जोगाउनुपर्छ। हामी गठबन्धनमा जानुहुँदैन,’ आफूले बैठकमा राखेका धारणाबारे पत्रकारसँग कुरा गर्दै नेता कोइरालाले भन्नुभयो,‘ यो धारणामा अधिकांश साथीहरू पोजेटिभ हुनुभएको छ।’ भ्रातृ र शुभेच्छुक संगठनको महाधिवेशन भने केहीको स्थानीय तह निर्वाचनअघि र केहीको पछि गर्ने कुरा भएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology