समायोजन खबर खोटाङ, सामुदायिक वन उपभोक्ता महासंघ खोटाङले गिरफ्तार गरिएका सामुदायिक वन अधिकारकर्मीहरुलाई तत्काल रिहा गर्न माग गरेको छ। सरकारले तर्जुमा गरेको वन नियमावली र सामुदायिक वन विरोधी प्रदेश ऐनहरुका विरुद्ध वन विभाग परिसर बबरमहल काठमाण्डौमा धर्ना गर्ने क्रममा मंगलबार गिरफ्तार गरिएका सामुदायिक वन अधिकारकर्मीहरुलाई रिहा गर्न महासंघले माग गरेको हो।
धर्नाका क्रममा सामदायिक वन उपभोक्ता महासंघका अध्यक्ष भारती पाठक, महासचिव बिर्ख बहादुर शाही, सचिव ठाकुर भण्डारी, कोषाध्यक्ष पार्वता गौतम, स्थायी समिति सदस्य डोलकुमारी सापकोटा, जिल्ला महासंघ ललितपुरका अध्यक्ष प्रेम प्रसाद घिमिरे, उपाध्यक्ष केशवराज गिरी, सिन्धुपाल्चोक जिल्ला महासंघका सचिव दयालक्ष्मी श्रेष्ठ, भक्तपुर जिल्ला महासंघका सदस्य सहदेव न्यौपाने, पवित्रा तिमिल्सना, उपभोक्ता उषा केसी लगयात महासंघका कर्मचारीहरुमाथि धरपकड र गिरफ्तार गरेको सामुदायिक वन उपभोक्ता महासंघ खोटाङका अध्यक्ष राजेन्द्र राईले जानकारी दिनुभयो।
राईले प्रेस विज्ञप्ति जारी गरेर हप्ता दिनयता शान्तीपूर्ण धर्नामा बसेकाहरुमाथि भएको धरपकड र गिरफ्तारको घोर आपत्ति र भत्र्सना गरेको छ। महासंघले आफ्ना मागहरुका वारेमा सरकार र प्रदेश सरकारलाई ध्यानाकर्षण गराउन कोभिडलाई समेत मध्यनजर राखेर सिमित संख्यामा गर्दै आएको धर्ना कार्यक्रममा सुरक्षा निकायबाट ठाडो हस्तक्षेप गर्ने गराउने कार्यले सरकार नै वन तथा प्राकृतिक स्रोतमाथिको सामुदायिक अधिकार हरण गर्नमा उद्यत छ भन्ने कुरा स्पष्ट देखिएको विज्ञप्तिमा भनिएको छ।
महासंघले सामुदायिक वन अधिकारका सन्दर्भमा उठाउँदै आएका मागहरुलाई सम्बोधन गर्न अधिकारकर्मीलाई वार्तामा आउन आव्हान गर्नुको सट्टा धर्नामा बसेका महासंघका पदाधिकारीहरुलाई उल्टै धरपकड र गिरफ्तार गरिकाले अविलम्ब रिहा नगरिएमा सरकारको गैरकानूनी र असंबैधानिक धरपकड विरुद्ध नेपालभरका २२ हजार भन्दा बढी सामुदायिक वन उपभोक्ता समुहहरु र महासंघको ७७ जिल्लामा रहेका संरचनाका लाखौ सदस्यहरु शशक्त विरोधमा उत्रन बाध्य हुने अध्यक्ष राईले बताउनुभयो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology