समायोजन खबर, आज एकैदिन देशभरमा थप १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने आठ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार १०३ नमुनाको पीसीआर परीक्षण गर्दा नौ हजार ४३२ र सात हजार ८०६ नमुनाको एन्टिजेन परीक्षण गर्दा दुई हजार ५७६ जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा थप चार जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
यसैविच,नेपालमा ५०० जना भन्दा बढी सङ्क्रमित भएको जिल्ला १५ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५०० भन्दा बढी सङ्क्रमित हुने जिल्लामा मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही र कैलाली रहेका छन्।
यस्तै २०० भन्दा बढी सङ्क्रमित भएका १७ जिल्ला रहेका छन्। ती जिल्लामा पर्सा, बारा, महोत्तरी, सप्तरी, सर्लाही, सिरहा, नुवाकोट, धादिङ, सिन्धुपाञ्चोक, सिन्धुली, गोरखा, तनहुँ, स्याङ्जा, बागलुङ, दाङ, पाल्पा र कञ्चनपुर रहेका छन्। नेपालमा सङ्क्रमण दर १८ प्रतिशत रहेको छ।पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमण १२ हजार आठजनामा देखिएको छ। मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा २५ हजार ९०९ को परीक्षण गर्दा १२ हजार आठजनामा सङ्क्रमण पुष्टि भएको हो।
दुई लाखभन्दा बढीले खोप लगाए
विगत २४ घण्टामा दुई लाख ३९ हजार ८५१ जनाले खोप लगाएका छन्। अहिलेसम्म पहिलो मात्रा एक करोड ६३ लाख ३३ हजार ९३७ र पूर्ण मात्रा एक करोड ३१ लाख छ हजार ७२६ जनाले लगाइसकेका छन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology