समायोजन खबर खोटाङ,खोटाङबाट १०.६ मेगावट विधुत केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ। जिल्लाको विभिन्न स्थानमा निर्माण सम्पन्न भएको हाइड्रोपावरहरुबाट उत्पादित विधुत केन्द्रीय प्रसारण लाइनमा जडान भएको हो।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित साप्सुखोलाको साप्सु कालिका हाइड्रोपावरबाट उत्पादित १ मेगावट र केपिलासगढी गाउँपालिका–७ सुङदेलस्थित रावाखोलाको अपर रावाखोला हाइड्रोपावरबाट उत्पादित ३ मेगावट विधुत केन्द्रीय प्रसारण लाइनमा जोडिएको विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीले बताउनुभयो।
साप्सु कालिका र अपर रावाखोला हाइड्रोपावरबाट उत्पादित विधुत बुइपास्थित प्राधिकरणको सव–स्टेशनबाट बुईपा–गाईघाट–जलजले केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ।
यस्तै, हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सुखोलाको बेलडाँडाबाट थ्री स्टार हाइड्रोपावर लिमिटेडको उत्पादित ६.६ मेगावट विधुत केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ। थ्री स्टारको राजापानीमा भएको सव–स्टेशनबाट गाईघाट–जलजले केन्द्रीय प्रसारण लाईनमा विधुत जोडिएको छ। योसँगै खोटाङ हाइड्रोपावरको हब बन्दै गएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology