• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङकै ठूलो थ्री स्टार हाइड्रोपावरको उत्पादन सुरु (फोटोसहित)

खोटाङकै ठूलो थ्री स्टार हाइड्रोपावरको उत्पादन सुरु (फोटोसहित)


समायोजन खबर
  • बुधबार, माघ ५ २०७८

  • थ्री स्टार हाइड्रोपावरको विधुत गृह।

    समायोजन खबर खोटाङ, थ्री स्टार हाइड्रोपावरले उत्पादन दिन सुरु गरेको छ। जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको साप्सुखोलास्थित बेलडाँडामा थ्री स्टार हाइड्रोपावर लिमिटेड भक्तपुरले निर्माण गरेको ६.६ मेगावटको अर्ध जलाशययुक्त हाइड्रोपावरले उत्पादन दिन थालेको हो।
    थ्री स्टारको डेढ अर्ब लगानीमा दुई वर्षमा निर्माण भएको हाईड्रोपावरको वयर, अन्डर स्लुस गेट, इन्टेक गेट, ग्राभेल ट्रयाप, डिसेन्ज, क्यानल, रिजर्भ पोखरी साप्सुखोलाको बसुवामा निर्माण गरिएको छ । बसुवादेखि ४ किलोमिटर हेडड्रेस पाइपमा पानी ल्याएर बेलडाँडामा रहेको विधुत गृहमा झारेर विधुत उत्पादन गरिएको छ।
    हाईड्रोपावरको क्षमता ६.६ मेगावट भए पनि हिउँदमा खोलामा पानी कम हुने भएकाले दैनिक २.५ मेगावट विधुत उत्पादन भईरहेको हाईड्रोपावरका सञ्चालक धन बहादुर श्रेष्ठले बताए। तर, अर्धजलाशययुक्त हाईड्रोपावर भएकाले बेलुकाको ३ घण्टाको पिक आवरमा भने रिजर्भ पोखरीमा जम्मा गरिएको पानी ल्याएर फूल लोड दिने गरेको श्रेष्ठले बताएका छन् । बर्खामा भने फूल लोडमा विधुत उत्पादन हुनेछ।
    विधुत गृहबाट उत्पादन भएको विधुत २५ सय मिटर ट्रान्समिसन लाईन हुंदै राजापानीको पूरानो गाउँको सव–स्टेशनबाट परीक्षण गरी विधुत प्राधिकरणको केन्द्रीय प्रसारण लाईनमा जडान गरिसकिएको छ।
    मंसिर १४ गते परीक्षण भएर प्राधिकरणमा जडान गरिएको विधुत हालसम्म निःशुल्क दिईएको थ्री स्टार हाइड्रोपावर लिमिटेडका अध्यक्ष कुमार खरेलले बताए। माघ १ गतेबाट प्राधिकरणले खपत गरेको विधुतको महशुल प्राधिकरणले आफूहरुलाई दिनुपर्ने माग राखिएको खरेलले बताए। त्यसको लागि विधी र प्रक्रिया अनुसार प्राधिरकण र आफूहरुले तयारी गरिरहेको उहाँको भनाई छ।
    हाईड्रोपावर निर्माणको चरणमा र निर्माणपछि पनि स्थानीयहरुले रोजगारी पाएको राजापानीका स्थानीय प्रदीप दाहालले बताए। रोजगारी खोज्दै बाहिर जानुपरेन। विदेश जाने पनि यहाँ आएर काम गरे। दिप्रङ चुईचुम्मा गाउँपालिका–४ बतासेका स्थानीय मनोज राईले भने, ‘हाईड्रोपावरले राम्रै रोजगारी दिंदै आएको छ, बाटोघाटो बनाई दिएको छ।’

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology