समायोजन खबर खोटाङ, लाईन काट्ने अभियान अन्तर्गत नेपाल विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रले महिना दिनमै २ लाख ६८ हजार बढी बक्यौता असुली गरेको छ। ४ हजार माथि विधुत महशुल बक्यौता तिर्न बाँकी रहेकाको लाइन काट्ने क्रममा पुस महिनामा २ लाख ६८ हजार ८१४ रुपैयाँ महशुल असुली गरेको हो।
पुस महिनामा महशुल नतिर्ने ३६ ग्राहकको लाइन काट्दा ३० जना ग्राहकले बक्यौता महशुल तिर्दा उक्त महशुल संकलन भएको प्राधिकरण प्रमुख विजयराज रेग्मीले जानकारी दिए। अन्य ६ जना ग्राहकले महशुल तिर्न बाँकी छ।
रेग्मीका अनुसार गत महिनामा मात्रै लाइन काटेका ३६ ग्राहकबाट ३ लाख १० हजार ५२ रुपैयाँ महशुल उठ्न बाँकी छ। १५ वटा एमसीभीको क्षमता बृद्धि गरिएको र विधुत चोरी गर्ने १ जनालाई कारबाही गरिएको छ।
विधुत चोरी नगर्न र अनलाइन सेवाबाट विधुत महशुल बुझाउन प्राधिकरणले आग्रह गरेको छ। जिल्लाभर करीव १८ हजार विधुतका ग्राहक छन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology