समायोजन खबर खोटाङ, नेकपा एमालेको सातौ जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुले शुक्रबार पदभार ग्रहण गरेका छन्। पदभार ग्रहण गरेका दिननै एमाले जिल्ला कमिटीले जिल्लामा उत्पन्न समस्या, विकास निर्माणमा ढिलासुस्ती र जनसरोकारका विषयमा जिल्लाका क्रियाशिल राजनीतिक दललाई सर्वदलीय बैठकमा डाकेको थियो।
तर, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले नेकपा समाजवादी पार्टीलाई नबोलाएको भन्दै बैठकमा सहभागी जनाएन। जनसरोकारका विषयमा पनि एउटा पार्टीलाई नबोलाएको भनेर तीन दल बैठकमा नआउनुको पछाडी के होला ? कि एमालेप्रति रुष्ट बनेका हुन्। यहि सन्दर्भमा समायोजन खबर डटकमले एमाले अध्यक्ष रामप्रसाद दंगालसँग कुराकानी गरको छ।
तपाईको पार्टीले डाकेको सर्वदलीय बैठकमा अन्य दल नै आएन, एमालेलाई त पहिलो गाँसमै ढुंगा प¥र्यो नि ?
यो ढुंगा पर्ने कुरा हैन, एकताको प्रयत्न गरेको हो। बेतिथि, अनियमितता, ढिलासुस्तीहरु छ। त्यसका विरुद्ध हामी एक्लै लड्न सक्छौ। एक्लै अगाडी बढ्न नसकेर उहाँहरुलाई बोलाएको हैन। जिल्लाको राजनीतिमा आफ्नै परम्परा, संस्कृती छ। राजनीतिक दलहरुमा सहिष्णुता र एकता छ।
जिल्लाको समस्या समाधानका निम्ति, विगतको एकतालाई कायम गर्न र सहकार्य गर्नका निम्ति उहाँहरुलाई आव्हान गरेका हौ। यति मात्रै हैन राजनीतिक दलहरुको अधिवेशन सम्पन्न भएको छ। शुभकामना पनि आदानप्रदान गरौ, त्यसपछि जिल्लाका विकृती, विसंगती विरुद्ध एकताबद्ध भएर यसको निकासमा लागि लागौ भन्ने पवित्र उद्देश्यका साथ हामीले बैठक बोलाएका हौ।
उहाँहरु बैठकमा आउनु भएन, चार दलीय गठबन्धन भएकाले एमाले विरुद्ध वडासम्म जान्छौ भन्नु भएको छ। वडा हैन घरघर गए हुन्छ। तर, अहिले जिल्लामा केही समस्याहरु छन्। ति समस्याका बारेमा चाँहि हामी एकताबद्ध लडौन भनेर हामीले आव्हान गरेका थियौ।
दिक्तेलबाट आहालेसम्म कालोपत्रे गर्न थालेको कति वर्ष भो पूरा भएको छैन, महुरे फोक्सिङटारको काम सुरु भएको कति भो, कब्जियत लागेजस्तो प्रेसर ग¥र्यो अलिकती खुल्छ, फेरी चुप लाग्यो बन्द हुन्छ। अहिलेसम्म कालोपत्रे भएको छैन। एक घण्टामा नागरिकता पाउने ठाउँमा ३ दिन बस्दा नागरिकता पाउने स्थिती छैन। यी कुरामा एक हुन उहाँहरुलाई बोलाएका हौ। फेरी पनि हामी प्रयत्न गछौ। उहाँहरु आउनु भएन भने विकास निर्माणमा अनियमिततामा जनताको साथ लिएर अघि बढ्छौ। उहाँहरु आउनुपर्छ भन्ने अनिवार्यता छैन। तर, हाम्रो महानतालाई कमजोरी नठानियोस भन्न चाहान्छु।
राष्ट्रियसभा निर्वाचन लक्षित गर्दै चार दलले गठबन्धन ग¥र्यो, त्यही गठबन्धनलाई पालिका र वडा तहसम्म पु¥याउर्दैछ। एमाले एक्लियो नि ?
चार दलीय हैन, पाँच दलीय गठबन्धन छ नि केको चार दलीय मात्रै। जिल्लामा चार दल भएकाले मात्रै चार दलीय भयो। उहाँहरुको अझै अरुसँग गठबन्धन गरे हुन्छ। यो टालाटुली बटुलीसँग हामीलाई केही प्रवाह छैन। चारदलमध्ये जनाधार भएको नेपाली कांग्रेस हो। कांग्रेसमा एमालेभन्दा कम जनमत छ। आजसम्म हाम्रो निकटम प्रतिद्धन्दी गर्दै आएको शक्ति हो कांग्रेस। त्यो बाहेकका अरु शक्ति भनेका वडामा एकादुई सिट जितेका भन्दा केही हैन। त्यसकारण गठबन्धन हुनु नहुनुले एमालेलाई केही तात्विक फरक पार्दैन।
गठबन्धनबाट हामीलाई केही फिक्री छैन, चिन्ता छैन। हाम्रो एउटै मात्र चिन्ता के छ भने निर्वाचन तोकिएको समयमा गरौ। उहाँहरु निर्वाचनदेखि डराईरहनु भएको छ। यो, त्यो बहानामा अहिलेसम्म निर्वाचन आयोगले मिति तोकेर दिएको छ। उहाँहरुले घोषणा गर्न सक्ुनभएको छैन। म आग्रह गर्छु सिघ्र निर्वाचनको मिति घोषणा होस। एमाले निर्वाचनमा गएर जित निकाल्न तयार भएर बसेको छ। गठबन्धनले केही फरक पार्दैन।
गठबन्धन तीनै तहको निर्वाचनसम्म रह्यो भने जिल्लामा एमाले त क्लिन स्वीप नै हुने भयो है ?
क्लिन स्वीप एमाले हुदैन अरु क्लिन स्वीप हुन्छ। प्राविधिकको एउटा भनाई छ के ‘पानी नाप्न भदौमा नापेर हुदैन। पानी नाप्नुप¥र्यो भने त्यसको मूल कत्रो स्थायी छ भन्ने कुरा चैत बैशाखमा’ थाहा हुन्छ रे। त्यसकारण निर्वाचनमा जाउन, ठूलठूला कुरा गरेर हुदैन।
सक्दा गरिदिनुन एमालेलाई क्लिन स्वीप, गरेर के भो त ? जनताले पत्याए भने ठिक छ। तर, जनमतको कुरा गर्नुहुन्छ भने गठबन्धनका विरुद्ध एमाले एक्लै काफी छ। आउने निर्वाचनमा दश वटै पालिकामा चुनाव जित्छौ, एक्लै लडेर जित्छौ। हाम्रो संगठनप्रति र जनमतप्रति पूर्ण विश्वास छ।
विकास निर्माण ढिलासुस्ती र जनसरोकारका विषयमा बोल्छौ भन्ने अनि केही नबोल्ने ?
कहिले बोलेनौ। जहिले पनि बोलिरहेका छौ। घुर्मीमा पुल बनेन एमालेले सडक विभागमा धर्ना ग¥र्यो, लाठी चार्ज भयो हाम्रा नेता कार्यकर्ता घाईते भए। यो जिल्लामा जबजब ढिलासुस्ती हुन्छ। सबैभन्दा पहिला मुख खाल्ने, आन्दोलनमा आउने पार्टी एमाले हो।
मुलुकमा कोभिड आयो, कुनै व्यक्तिले, संस्थाले, अरु पार्टीले घर दिएन। पहिलोपल्ट हामीले पार्टी कार्यालयलाई होम आइसोलेसन सेन्टरका रुपमा प्रयोग गर्न दियौ। पहिलोपल्ट कोभिड लागेका, विदेशबाट आएका विरामी यहाँ बसे। गाउँगाउँमा कोभिडका विरुद्ध जनचेतना फैलायौ। स्थानीय सरकारसँग सहकार्य गरेर काम ग¥र्यौ । विरामीको उपचार ग¥र्यौ।
पुलहरु बनेन् हामीले आन्दोलन ग¥र्यौ, संघर्ष ग¥र्यौ त्यसकारण एमाले जनताको हरेक दुःख सुखमा छ। हाम्रा सडकहरु समयमा बनेको छैन। जसरी जयरामघाटको पुल १२ वर्षसम्म नबनेपछि एमाले जिल्ला कमिटी र सम्पर्क मञ्च, माननीयहरु आन्दोलनमा उत्रिए, घाईते भए। त्यसपछि त्यो पुल बन्यो।
फोक्सिङटारको पुल त्यस्तै भईरहेको छ। अब हामी तत्काल ध्यानाकर्षण गराउँछौ र संघर्षका कार्यक्रम अघि बढाउछौ। पर्खेको केका निम्ति भने यसका निम्ति जिल्लाका राजनीतिक दलहरुको एकता खोजेको हो। त्यसका निम्ति पर्खेका हौ। तर उहाँहरुको हाम्रो अपेक्षालाई उपेक्षा गर्नुभयो अब हामी पर्खदैनौ। तत्काल बैठक बसेर यो हप्ताभित्र संघर्षका कार्यक्रमहरु अघि बढाउँछौ।
भ्रष्टाचार विरुद्ध एमाले कहिल्यै बोल्दैन नि ?
कहिले कहिले बोलेन ? एमालेले भ्रष्टाचारका विरुद्ध शुन्य सहनशिलताको नीति अख्तियार गरेको छ। भ्रष्टाचार र अनियमितताका विरुद्ध एमाले सतिसाल जस्तो खडा भएर अघि बढ्छ। त्यसकारणले बोलेको छैन भन्ने हैन, हिजो पनि बोलेको थियो, आज पनि बोल्छ र भोली पनि बोल्छ।
जिल्लामा भएका अनियमितताहरु र बेतिथिकिा विरुद्ध एमाले अघि बढ्छ। किन भने यो विचमा हामी पार्टीको आन्तरिक काममा थियौ। अब हाम्रो ध्यान भनेको जनताका जनसरोकारका विषयमाथि केन्द्रीत हुन्छ। जनताले दुःख पाउनु हुदैन, विकास निर्माण तोकिएको समयमा सुरु भएर तोकिएको समयमा सम्पन्न हुनुपर्छ। यो, त्यो बहानामा ढुलासुस्ती गर्ने छुट छैन। कुनै पनि भ्रष्टाचार र अनियमिततालाई छुट दिदैन एमालेले चाहे त्यो जोसुकैले गरेको होस। जनताको काम पारदशीं ढंगले हुनुपर्छ, कामहरु गुणस्तरीय छैन, समयमा काम भएको छैन, यसका निम्ति कोको दोषी छन् तिनीहरुमाथि कारबाही हुनुपर्छ।
एमालेले गफ मात्रै लाउछ कि नतिजा दिने काम पनि गर्छ ? त्यो कहिले देखिन्छ ।
एमालेले कहिले कहिले गफ लायो। एमालेले सुखी नेपाली संमृद्ध नेपालको नारा अगाडी सा¥र्यो, एमालेले यति धेरै काम गरेर देखायो। अहिले जति सडक पुल बनेका छन्। विद्यालयहरु बनेका छन्। अस्पतालहरु बनेका छन्। प्रत्येक पालिकामा १५ शैयाका अस्पतालको काम प्रारम्भ भएको छ।
प्रत्येक पालिकाका केन्द्रसम्म कालोपत्रे सडक बनाउने शिलन्यास भएको छ। काम प्रारम्भ भएको छ। यो सरकारले रोकेको छ। एमालेले कहाँ कहाँ गफ ग¥र्यो ? एमालेले भारतीय नाकाबन्दीका विरुद्ध जनतालाई साथमा लिएर नाकाबन्दीलाई तोडेर देखायो। चिनसँग पारवहन सन्धी गरेर देखायो।
अहिले म सोध्न चाहान्छु कालापानी, लिपुलेकमा भारतले सडक बनाईरहेको छ त। त्यसका विरुद्ध सरकार बोल्नुपर्दैन ? एमालेले बोलिसक्यो, अब संघर्षको मैदानमा जान्छौ, त्यो बन्द गरेन हामी जबरजस्ती बन्द गर्न लगाउछौ, सरकारका विरुद्ध आन्दोलन गछौ, अन्तर्राष्ट्रिय मञ्चमा जान्छौ, मित्र राष्ट्रहरुको ध्यानाकर्षण गछौ कि हाम्रो जमिनमाथि भारतले सडक बनाईरहेको छ। अनि यो देशको अभिभावक सरकारले बोल्नु पर्दैन ? सडक बनाएको बारेमा, त्यसैले एमाले कुरामा विश्वास गर्दैन काममा विश्वास गर्छ।
जिल्लाका समस्याका बारेमा चाँडै पत्रकार सम्मेलन गरेर संघर्षको मैदानमा अघि बढ्छौ। यदि राज्यले कारवाही गरेन भने हामी बाध्य हुन्छौ। जनसंगठनहरु परिचालन गरेर ठेकेदारलाई पक्रेर प्रशासनमा बुझाउँछौ। त्यो तहसम्म हामी जान्छौ। बेलैमा प्रशासनको ध्यान जाओस, अनियमितता, बेतिथिका बिरुद्ध कारबाही होस।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology