समायोजन खबर खोटाङ, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारले जनताको कुरा बोल्नुपर्ने बताउनुभएको छ। पत्रकार र मिडियाहरुले जनताको कुरा सम्बन्धित निकायमा पु¥याउने भएकाले पत्रकारहरुले आफ्नो कुरा नभई जनताको कुरा बोल्नुपर्ने बताउनुभयो।
प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा खोटाङको संयोजनमा बिहीबार थ्रि ब्रदर्श होटल दिक्तेलमा भएको ‘पत्रकार आचारसंहिता जागरण र मिडियाप्रति जनगुनासो सुनुवाई’ कार्यक्रममा अध्यक्ष बस्नेतले समाचार, विचार, विश्लेषण, सम्पादकीय लगायत सबै कुरामा जनताको कुरा, जनताको वेष र जनताको पक्षमा बोल्नुपर्ने बताउनुभयो।
पत्रकारले जनताको कुरा बोल्नुपर्नेमा आफूतिर ढल्केमा त्यहाँ पूर्वाग्राह भईहाल्छ। समस्या हुन्छ अनि हामीमाथि प्रश्न उठ्छ। हामीले अरुलाई प्रश्न उठाउने हो। अरुलाई प्रश्न उठाउने सञ्चारकर्मीले आफूमाथि प्रश्न उठाउने ठाउँ दिनुहुदैन। पत्रकार २४ घण्टा खटिरहंदा पनि आफ्नै खालका दुःख छ। तर, के हामी स्वतन्त्र, स्वस्थ, स्वच्छ पत्रकार बन्न सकेका छौ। छातीमा हात राखेर भनौ त। बस्नेतले भन्नुभयोे।
अरु काम जोगाउनका लागि गरिने पत्रकारिताबाट सिंगो पत्रकारिता क्षेत्रमा विकृति छाएको र त्यस्तो विकृतिमा नलाग्न पत्रकारलाई उहाँले सुझाव दिनुभयो। हामी माथि प्रश्न किन उठिरहेको छ भने हामी सँगसँगै अरु काम पनि गरिरहेका छौ। अरु काम गर्नुपर्छ तर, पत्रकारिता व्यवसायमा प्रश्न उठ्नेगरी काम गर्न नहुने बस्नेतको भनाई छ। 
पत्रकार राजनीतिक दलको नेता हुने भन्ने प्रश्न पनि उठिरहेको छ। त्यो काम नगरौ राजनीतिक दलमा सक्रिय हुने हो भने पत्रकारिता कर्म छोडौ। ढुक्कले राजनीतिमा लागौ। आस्था हुन्छ, कतै मत हाल्न सकिन्छ त्यो आफ्नो ठाउँमा छ। बस्नेतले भन्नुभयो, तर, तपाई सक्रिय राजनीतिमा हुनु हुन्छ, नेता हुनुहुन्छ भने पत्रकारिता छोडौ, त्यो मिल्दै मिल्दैन। स्वच्छ पत्रकार हुनुप¥र्यो, जनताले प्रश्न उठाउनु हुन्न, तपाईको समाचार पढेर पाठकले विश्वास नै गर्दैन, पत्याउदै पत्याउदैन त्यसकारण त्यो गर्नुहुदैन। यो विषयमा सबै सजग हुनुपर्छ।
काउन्सिलले प्रेस स्वतन्त्रताको दुरुपयोग हुन नदिने, प्रेस स्वतन्त्रताको रक्षा गर्ने, प्रेस संवद्र्धनको काम गर्ने र कुनै पनि कारणले पत्रकारमाथि हस्तक्षेप हुने, तलब नदिने समस्याहरुमा काउन्सिल बोल्न थालेको पनि उहाँले बताउनुभयो। कार्यक्रममा काउन्सिलका सदस्य ठाकुर बेलवासेले पत्रकार आचारसंहिता अनुगमन र कारबाहीका बारेमा प्रस्ट पार्नुभएको थियो।
पत्रकार महासंघका अध्यक्ष दिलीप खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल, प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहाल, वरिष्ठ पत्रकार कृष्ण आचार्य, गैसस महासंघका अध्यक्ष दान बहादुर राईले जिल्लाको समग्र पत्रकारिताको विषयमा बोल्नुभएको थियो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology