• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

निर्वाचित भएपछि गरेका कामहरु अनगिन्ती छन्: निरौला

निर्वाचित भएपछि गरेका कामहरु अनगिन्ती छन्: निरौला


समायोजन खबर
  • मंगलबार, पौस २७ २०७८

  • रावाबेंशी गाउँपालिका अध्यक्ष लिलानाथ निरौला।

    समायोजन खबर खोटाङ, खोटाङको दश स्थानीय तहमध्ये रावाबेंशी गाउँपालिका अध्यक्ष लगायतको टिमले करीव साढे चार वर्षमा गाउँपालिकामा केके प्रगति गरे, जनप्रतिनिधि आएपछि साँच्चिकै जनताले के पाए त ? जनप्रतिनिधि जनतामूखि कि कार्यकर्ताका नजिक भए ? यस्तै विविध विषयमा गाउँपालिका अध्यक्ष लिलानाथ निरौलासँग समायोजन खबर डटकमले कुराकानी गरेको छ।
    तपाईको नेतृत्वमा आएको टिमले गाउँपालिका कस्तो बनायो ?
    समग्रमा भन्नुपर्दा सुरुमै यो गाउँपालिका विवादित गाउँपालिकाको नाममा चिनिन्थ्यो। पुर्नसंरचना आयोगले यस गाउँपालिकाको कुनै पनि भूभाग राज्य पुर्नसंरचनामा नराखेको र जनताद्धारा आन्दोलन गरेर प्राप्त गरेको गाउँपालिका हो। २०७४ साल असार १८ गते निर्वाचित हुंदा यो गाउँपालिकाको नाम लामिडाँडा गाउँपालिका र खार्पा केन्द्र थियो।

    हामी निर्वाचितपछि असार २५ गतेको गाउँसभा र गाउँ कार्यपालिकाको वैठकले नाम परिवर्तन गर्ने कुरामा एकमत जनायो। गाउँपालिकाको नाम रावाबेंशी गाउँपालिका र केन्द्र कुभिण्डे हरमटार राख्ने पहिलो वैठकले निर्णय ग¥यो । २०७४ साल पुस २५ गतेको मन्त्रीपरीषदको बैठकले हाम्रो निर्णय अनुरुप यो गाउँपालिकाको नाम रावाबेंशी गाउँपालिका, केन्द्र हरमटार राखेर २६ पुसमा राजपत्रमा उल्लेख भएपछि यस गाउँपालिकाको नाम रावाबेंशी गाउँपालिका र हरमटार केन्द्र भएको हो।
    हरमटार केन्द्र बनेपछि यहाँ कुनै पनि संरचनाहरु थिएन। ११ महिना व्यक्तिको घर भाडामा लिएर एउटै कोठामा प्रमुख प्रशासकीय अधिकृत, अध्यक्ष, उपाध्यक्ष, कर्मचारी सबै एकै ठाउँमा बसेर काम ग¥र्यौ। अहिले हामी बसिरहेको संरचना, गाउँपालिकाको नाममा साढे १४ रोपनी जग्गा निःशुल्क प्राप्त भयो। र, हामीले गाउँ कार्यपालिकाको कार्यालय रहेको १४ कोठे भवन निर्माण गर्न सफल भयौ। कार्यालय यहाँ व्यवस्थित ग¥र्याै।

    अहिलेसम्म पनि गाउँपालिकाको नाम र केन्द्रको बारेमा विवाद छ, सर्वोच्च अदालतमा मुद्दा छ । त्यो मुद्दा खेपीरहेका छौ। गाउँपालिकाको नाम, केन्द्र, भवन निर्माण र साढे १४ रोपनी जग्गा प्राप्ती पश्चात यहाँ अन्य कुनै पनि संरचना नभएकाले सुरक्षा निकाय माग्ने काम पहिलो चरणमा गरेका हौ। त्यो अस्थाई प्रहरी चौकी हुंदै अहिले स्थायी भएको छ । समग्र रुपमा हामी निर्वाचित भएपछि गरेका कामहरु अनगिन्ती छन् । यहाँले जुनजुनतर्फ सोध्नुहुन्छ कृषि, स्वास्थ्य, शिक्षा, सडक लगायतका विषयमा सोध्नुहुन्छ। हामीले गरेका उपलब्धिहरुको बुंदागत रुपमा भन्न तयार छु।
    खानेपानी, विजुली, सडक पालिकावासीको पहुँचमा पुगे त ?
    हामी निर्वाचित हुंदैगर्दा यो गाउँपालिकामा केन्द्रीय लाइनबाट कुभिण्डे, डुम्रे, दुबेकोलको थोरै ठाउँमा मात्रै बत्ती बलेको थियो। लामिडाँडा र खार्पामा पनि सबै ठाउँमा बत्ती नबलेको अवस्थामा हामीले ६ वटै वडामा बत्ती बाल्न सफल भयौ । विगतमा अधिकांश काठेपोल थिए । तारहरु छरपस्ट थिए । हामीले साविकका ५४ वडामा फलामे पोलमार्फत बत्ती पु¥याउने काम गरेका छौ । गाउँपालिकाको २६ सय ५७ घरमा प्रायः केन्द्रीय विजुली बालिसकेका छौ।
    हामी निर्वाचित हुनुअघि नै बिजुले–लेकखर्क–दुबेकोल–ऐसेलुखर्क मुख्य सडक थियो। त्यो हिउँमा मात्रै चल्दथ्यो। रावाखोलामा पक्की पुल थिएन। हामी आएपछि ठेकेदारलाई पुल बनाउन लायौ, सडक स्तरोन्नती गरेर १२ महिनानै चल्ने बनाएका छौ। कुभिण्डेको दम्खु, खार्पाको रुभुङ, लामिडाँडको तिर्पा, भालढुंगा, घोर्लेनी, कोशीखर्क, पैयाँ, पोखरी, राईसिङगे जस्ता ठाउँमा सडक नपुगेका कारणले गाउँपलिका आउन, वडा कार्यालय आउन, सदरमुकाम जान, बिरामी लिएर काठमाण्डौ, बिराटनगर जान सकस थियो। अहिले सबै वडा, टोलमा सडक पु¥र्याएका छौ। ३५० किलोमिटर कच्ची सडक खनिसकेका छौ।

    धेरै वडामा खानेपानी व्यवस्थित थिएन। डुम्रेधारापानीमा लिफ्टिङबाट खानेपानीको व्यवस्था गरेका छौ। प्रदेश सरकारको योजना अन्तर्गत त्यही डुम्रेमा लिफ्टिङको ठूलो योजना अन्तिम चरणमा पुगेको छ। अनगिन्ती खानेपानीका मुहानहरु खोजी, संरक्षण, सञ्चालन भईरहेका खानेपानीका योजनामा पाइप फेरेर अन्यत्र स्थानमा पनि पानीको उचित व्यवस्थापन गरेका छौ। ५ नम्बर वडामा साविकका सबै वडामा पानीको व्यवस्थापन गरेका छौ। दुबेकोलको तल्लो भेगमा गाउँपालिकाको बजेटमा रावाखोलाबाट लिफ्टिङ सञ्चालन गरेका छौ। दुबेकोलको साविक ७ नम्बर वडामा सिंचाई लिफिट्ङ सञ्चालन छ। लामिडाँडको माझीगाउँ, तिर्पा, हौचुरमा सञ्चालन छ। माझीगाउँ र तिर्पाका लागि बजेट बिनियोजन गरिसकेका छौ। अन्य स्थानमा मुहानहरु बिस्तार गर्दै उपर्युक्त ठाउँमा ट्याङकीहरु निर्माण गर्दै स्वच्छ खानेपानीका लागि अहोरात्र लागिरहेका छौ। गाउँपालिकाको कार्यालयमा एक दिनमा एक हजार मानिसले पानी पिउन मिल्नेगरी फिल्टर प्लान्ट राखेका छौ।
    स्वास्थ्य र शिक्षामा के परिवर्तन भयो, त्यसमा तपाई आफै सन्तुष्ट हुनुहुन्छ ?
    अनगिन्ती परिवर्तन भएका छन्। पूर्णरुपमा सन्तुष्टि नभए पनि हामी आउँदा लथालिङग भएका स्वास्थ्य चौकीहरु अहिले व्यवस्थित गरेका छौ। कर्मचारी नभएको खण्डमा अहिले सबै स्वास्थ्य संस्थामा ५/५ जना कर्मचारी राखेका छौ। तालिमप्राप्त २४ घण्टे अनमीहरु नियुक्ती गरेका छौ।
    कोभिड अस्पतालमा एमबिबिएस डाक्टरसहित ५/७ जना जनशक्ति राखेर स्वास्थ्य सेवा दिईरहेका छौ। जम्मा ६ वडामा ५ वडामा बर्थिङ सेन्टर छन्। कर्मचारी समायोजनले सुविधा सम्पन्न ठाउँमा कर्मचारी जाने, कर्मचारी नबस्दाको खातिर पनि हामीले आफैले विज्ञापन गरेर कर्मचारीको व्यवस्थापन गरेका छौ। स्वास्थ्य क्षेत्रमा हुनुपर्ने सबै कुराको व्यवस्थापन भईसकेकाले बिगतभन्दा अहिले स्वास्थ्यमा धेरै परिवर्तन भएको छ। यसमा सन्तुष्ट छु।
    हामी आएपछि शिक्षामा पनि उल्लेखनीय सुधारहरु भएको छ। अभियानकै हिसावले शारदा मावि हौचुर र रत्नराज्य मावि कुभिण्डेमा फिल्टर प्लान्ट राखेर स्वच्छ पानी विधार्थी, शिक्षकलाई वितरण गरेका छौ। शिक्षामा पनि धेरै परिवर्तन भएको छ।
    खेलकुदलाई त खास महत्व दिएको देखिएन, सुनिएन ?
    यहाँले सुन्नुभयो त्यस्तो, तर गाउँपालिकाले हौचुरमा करीव ४०/४५ लाख लगानीमा पालिका स्तरीय ठूलो खेलमैदान निर्माण गरेको छ। वडागत रुपमा हामीले एक वडा, एक खेलमैदान भनेर सबै वडामा खेलमैदानका नाममा बजेट बिनियोजन गरिसकेका छौ। खेलमैदान नभएको कुनै पनि वडा छैन।
    वडा नं.१ मा धमाधम खेलमैदान बनिरहेको छ । वडा नं. ३ को तिर्पा र भन्ज्याङमा खेल मैदान बनाएका छौ। वडा नं. २ मा पनि बनाएका छौ। एक वडा, एक खेलमैदान छ। हौचुरको कट्टीमा पालिकास्तरीय खेलमैदान अलग्गै निर्माण गरेका छौ। हाम्रो श्रोत, साधनले भ्याएसम्म राम्रो खेलमैदान बनाउने नीति लिएका छौ। सबै वडाका लागि बजेट बिनियोजन भईसकेको छ।
    कृषकका नाममा अनुदान र कृषि सामग्री राम्रै वितरण भयो, त्यसको उपलब्धी देख्नुभएको छ ?
    यस गाउँपालिका १२० वटा कृषक समुह छन्। समुहमार्फत विभिन्न कृषि औजार तथा उपकरण वितरण गरेका छौ। अहिले ठूलाठूला खेतबारीका फाँटहरुमा हल गोरु देखिन्दैन, हामीले वितरण गरेका हाते ट्याक्टरबाट जमिन जोतेका देख्छौ। हामीले दिएका अनुदान र कृषि सामग्री कृषकहरुले भरपुर प्रयोग गरेको देखिन्छ।
    थ्रेसर मेशिनबाट धान, गहुं, कोदो झाँटिएको देख्न सकिन्छ। विगतमा उहाँहरुले त्यसको महत्व नबुझेर पेटीमा राख्नुभयो, ग्वालीमा राख्नुभयो तर, औजार तथा मेशिन सञ्चालन गर्ने तालिमनै दिएपछि हल गोरुलाई कती पैसा लाग्ने रहेछ, एक घण्टामा कती खेत जोत्ने रहेछ भन्ने त्यसको उपयोग बुझेपछि अहिले गाउँपालिकाले वितरण गरेको मेशिन, औजार, उपकरणहरु प्रयोग गरिरहनु भएको छ। कृषकहरु उत्सुक हुनुहुन्छ। कृषकहरु यन्त्रीरकणतर्फ लाग्नुभएको छ।
    पर्यटनमा के कति प्रगती भए, उपलब्धी के हो त ?
    यो गाउँपालिकामा धेरै ठूलो धार्मिकस्थलहरु नभए पनि ओमकारेश्वर मन्दिर, कोटगढी, कालिका देबी भगवती, जुडी महादेवस्थान लगायतका धार्मिकस्थल छन्। ति धार्मिकस्थललाई स्तरोन्नतीका लागि उपर्युक्त खालको बजेट छुट्याई सकेका छौ।
    ति धार्मिकस्थलमा भक्तजनहरु आउने वातावरण निर्माण गरिरहेका छौ। हामीसँग भएका ठाउँलाई व्यवस्थित गर्दै अघि बढिरहेका छौ। पर्यटक तान्ने वातावरण बनाउँदै छौ।
    विकासे योजनाहरु दिर्घकालिन भएकी अल्पकालिन ?
    विकास निर्माणहरु दिर्घकालिन भएका छन्। लामिडाँडा, दुबेकोल र कुभिण्डेमा ३ वटा वडा कार्यालयको पक्की भवन बन्दैछन्। यी दिगो र भोलीका दिनमा हेर्न लायक हुनेछन्। स्वास्थ्य संस्थाहरुमा स्थापना भएका वर्थिङ सेन्टर दिगो रुपमा भएका छन्। अन्य वडा कार्यालयहरुमा निर्वाचित जनप्रतिनिधि बस्ने अवस्था थिएन। कर्मचारीबाट मात्रै सञ्चालन भएका गाविस भवनहरुमा अहिले अध्यक्ष, सदस्यहरु र सचिव बसेर व्यवस्थित रुपमा कामहरु भईरहेका छन्।

    गाउँपालिकाकै भवन उपर्युक्त ढंगले सञ्चालन भएको छ। वाणिज्य बैंक त्यसैगरी सञ्चालन भएको छ। कोभिड अस्पताल सञ्चालनमा छ। लगायतका विभिन्न संरचनाहरु दिगो रुपमा निर्माण भएका छन्। हाम्रो कार्यकाल हुंदा रहने र हाम्रो कार्यकाल सकेपछि नहरने खालका छैनन्।
    खानेपानी, सडक, निर्माण भएका भवनहरु, नियुक्ती गरेका कर्मचारीहरु व्यवस्थित रुपमा देखिन लायकका छन्। हामीले गरेका कामहरु व्यवस्थित रुपमा नै छ। दिर्घकालिन छ।
    तपाईहरुलाई के ट्याग लाग्ने गर्छ भने, कार्यकर्तालाई योजना बाड्ने अन्यलाई गफ बाड्ने भन्ने छ नि ?
    म निर्वाचित भईसकेपछि यो दल, त्यो दल भनेर कुनै पनि दलीय भेदभाव नगरेको र, मेरो कार्यकर्ता यी हुन् र अर्काको कार्यकर्ता त्यो भनेर कुनै पनि वडामा पक्षविपक्ष नगरीकन वडाध्यक्षहरुले पनि त्यही रुपमा काम गर्नुभएको छ। मैले पनि कुनै भेदभाव, पक्षपात नगरीकन यो तेरो, त्यो मेरो नभनीकन समग्र रुपमा गाउँपालिकाका सवै वडाको विकासमा लागेको छु। यो खालको आरोप अन्य गाउँपलिकामा लाग्ला तर, यो गाउँपालिकामा भेट्नु हुन्न।
    सामान्य कुरामा पनि कसैलाई चित्त नबुझेको भए, कुनै वडाबाट त्यो खालको व्यवहार भए, गाउँपालिका अध्यक्ष, उपाध्यक्षले पूर्वाग्राही ढंगले कसैलाई त्यस्तो व्यवहार गरेजस्तो लाग्छ भने सिधै मेरो कार्यकक्षमा आएर प्रश्न गर्नसक्नु हुन्छ। अहिलेसम्म कार्यकर्ता पोस्ने र गफ बाँड्ने काम गरेको छैन। जे गरेको छु, आधिकारीक रुपमा काम गरेको छु। गफमात्रै गरेको छैन।
    तपाईको टिमले गरेको समग्र काममा आफै चाँहि कतिको सन्तुष्ट हुनुहुन्छ ?
    सयमा सय प्रतिशत सन्तुष्टि छु भन्न त सक्दिन। मेलै गरेका ७५ प्रतिशत कामहरु राम्रो र दिगो काम गरेको छु। जति गर्नुपर्ने २५ प्रतिशत काम विविध कारणले गर्न दिएन। काम गर्दै जाँदा कहिले उपभोक्ता समितिबाट हुने अफ्ठ्याराहरु, कहिले बजेट नपुग्ने कुराले दुखी छु। सोचे अनुसारको कामहरु नहुंदा, ठेकेदारले काम नगर्दा २५ प्रतिशत काममा असन्तुष्ट छु भने, बाँकी काममा सन्तुष्ट छु।
    अन्त्यमा भनिदिनुस पालिकावासीले तपाईहरुलाई के कारणले ? कहिलेसम्म याद गर्छ होला ?
    साँच्चिकै ह्रदय खोलेर छातीमा हात राख्ने गाउँपालिकाका सम्पूर्ण जनसमुदायले हामीलाई यो मानेमा याद गर्लान हामी बाचुञ्जेल उहाँहरु जहिलेसम्म यो धर्तीमा रहनुहोला त्यससम्म हामीले गरेका कामहरुदेखी पक्कै सन्तुष्टि हुनुहुन्छ। किनभने हाम्रो टिमले उल्लेखनीय कामहरु गरेका छौ। त्यस अर्थमा सबैजना सन्तुष्टि हुनुहुन्छ भन्ने मलाई लाग्छ। हामी रहेसम्म याद गर्छन् भन्ने लाग्छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology