समायोजन खबर खोटाङ, प्रेस चौतारी नेपाल जिल्ला कमिटी खोटाङको पाँचौ जिल्ला अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको छ। होटल शुभदिनमा शनिबार दिउँसोबाट आयोजना गरिएको अधिवेशनको उद्घाटन सत्र साँझमा सकिएको हो।
अधिवेशनको उद्घाटनसत्रमा प्रेस संगठनका प्रतिनिधि सुर्य तामाङ, प्रेस युनियनका सभापति उत्तम चौलागाँई, फोनिजका केन्द्रीय सदस्य केदार मगर, प्रेस संगठनका केन्द्रीय सदस्य डम्बर सिं राई, पत्रकार महासंका अध्यक्ष दिलीप खत्री, अनेरास्ववियुका जिल्ला अध्यक्ष मोहन पोखरेल, जनता समाजवादी पार्टीका नेता रबिन खम्बु तथा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि डिल्लीकुमारी आचार्यले शुभकामना मन्तब्य दिएका थिए।
यस्तै, अधिवक्ता ओमप्रकाश घिमिरे, रावाबेंशी गाउँपलिका अध्यक्ष लिलानाथ निरौला, एमालेको जनबर्गीय संगठन इन्चार्ज तथा सचिवालय सदस्य दिलचक्र राई, एमालेका प्रदेश सदस्य देवान राई, प्रेस चौतारीका केन्द्रीय सदस्य दमन राई, प्रेस काउन्सिलका सदस्य दीपक पाण्डे र प्रेस चौतरीका केन्द्रीय कोषाध्यक्ष ईन्द्र आचार्यले शुभकामना मन्तब्य दिएका थिए।
अधिवेशनको प्रमुख अतिथि एमालेका पोलिटव्युरो सदस्य विशाल भट्टराई तोकिएको भए पनि एमालेको सातौ जिल्ला अधिवेशनका कारण भट्टराई अधिवेशनमा उपस्थित हुन सकेन । भट्टराई अनुपस्थित भएपछि एमालेका प्रदेश सदस्य राई, प्रेस काउन्सिलका सदस्य पाण्डे र प्रेस चौतरीका केन्द्रीय कोषाध्यक्ष आचार्यले दिप प्रज्ज्वलन गरेर अधिवेशनको उद्घाटन गरेका थिए।
अधिवेशनमा सहभागी बक्ताहरुले पत्रकार निष्पक्ष हुनुपर्ने जोड दिए। पत्रकारले पक्षविपक्ष नहेरी यथार्थपरक समाचार सम्प्रेषण गर्नुपर्ने उनीहरुको भनाई थियो। अधिवेशनले सर्वसहमत रुपमा नेतृत्व चयन गर्ने प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा कार्यक्रमका सभापति हरिबोल आचार्यले बताए।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology