• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रचण्डलाई कोरोना संक्रमण,बोलाइएका बैठक स्थगित

प्रचण्डलाई कोरोना संक्रमण,बोलाइएका बैठक स्थगित


समायोजन खबर
  • शनिबार, पौस २४ २०७८

  • प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड

    समायोजन खबर, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कोरोना संक्रमण भएको छ। शुक्रबार बेलुकी गरिएको पिसिआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको हो। हाल उहाँ आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको उहाँको सचिवालयले जनाएको छ।

    ‘अध्यक्ष प्रचण्डको स्वास्थ्यमा केही असहजता देखिएपछि परीक्षण गरिएको थियो। यो बीचमा उहाँको सम्पर्कमा रहनु भएका सबैले सतर्कता अपनाउनुहुन अनुरोध गर्दछौं। डाक्टरको सल्लाह अनुसार आइसोलेशनमा बस्नुपर्ने भएकोले पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रमहरू स्थगित गरिएको जानकारी गराउदछौं।’ प्रचण्डको सचिवालयले भनेको छ।

    यसअघि नेता नारायणकाजी श्रेष्ठलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो। पार्टीका केही नेताहरूलाई कोरोना संक्रमण भएको भन्दै पार्टीको बैठकसमेत स्थगित गरिएको थियो। कोरोना संक्रमण बढेसँगै भोलिका लागि बोलाइएको नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटीको बैठक स्थगित भएको छ।

    यही पुस ११ देखि १८ गतेसम्म चलेको महाधिवेशन गरेको नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ता कोरोना संक्रमित भएसँगै केन्द्रीय कमिटी बैठक अनिश्चित भएको हो। विभिन्न नेता कार्यकर्ताले सामाजिक सञ्जालमार्फत आफू संक्रमित भएको सूचना सार्वजनिक गर्न थालेका छन्।

    आठौं महाधिवेशनमा सहभागी एक हजार ७४२ प्रतिनिधिमध्ये झण्डै सय जनाले अहिले कोरोना जस्तै लक्षण सहित बिरामी भएको भन्दै सामाजिक सञ्जालमा सूचना राखेका छन्। माओवादीको केन्द्रीय कार्यालयमा कार्यरत २२ जनामध्ये २० जनालाई कोरोना भएपछि कार्यालय नै बन्द गरिएको मुख्य सचिव श्रीराम ढकालले जानकारी दिनुभयो। केन्द्रीय कार्यालयको क्यान्टिन र लेखामा काम गर्ने सबैलाई कोरोना संक्रमण देखिएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology