समायोजन खबर खोटाङ,नेपाल विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रले बिधुत महशुल नतिर्ने ग्राहकको धमाधम लाईन काट्न थालेको छ। ४ हजारभन्दा माथि बक्यौता रकम बाँकी भएकाहरुको लाईन काट्न थालिएको हो।
आईतबार मात्रै दिक्तेलबजार आसपासमा १७ जना ग्राहकको लाईन काटिएको छ। ति १७ ग्राहकबाट १ लाख २४ हजार २२४ हजार बक्यौता रकम उठ्न बाँकी रहेको प्राधिकरणले जनाएको छ।
लाइन काटिएका १७ ग्राहकमध्ये ८ जना ग्राहकले तत्काल महशुल तिरेपछि उनीहरुको पुनः लाईन जोडिएको छ। ८ जना ग्राहकबाट ४० हजार ७०२ रुपैयाँ विधुत महशुल संकलन भएको छ।
बक्यौता रकम नतिर्नेको लाईन काट्ने क्रममा ३७ वटा मिटरबक्सको पनि निरीक्षण गरिएको प्राधिकरण प्रमुख बिजयराज रेग्मीले बताए।
भोली सोमबार नुनथला, विजुले, हलेसी, ऐसेलुखर्कका बक्यौता रकम नतिर्नेहरुको लाईन काटिने जनाईएको छ। जिल्लाभर ७० लाख बढी बक्यौता रकम उठ्न बाँकी रहेको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology