• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

भुजेलको संस्कृति संरक्षणका लागि प्रशिक्षण सुरु

भुजेलको संस्कृति संरक्षणका लागि प्रशिक्षण सुरु


समायोजन खबर
  • शुक्रबार, पौस १६ २०७८

  • समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा भुजेल संस्कृति संरक्षण सम्बन्धी फोह्वोरो(पुजारी) प्रशिक्षण सुरु भएको छ। नगरपालिकाको १५ वडाबाट भुजेल समुदायलाई सहभागी गराई चार दिने प्रशिक्षण सुरु गरिएको हो।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको व्यवस्थापनमा शुक्रबारदेखि होटल शुभदिनमा सुरु भएको फोह्वोरा प्रशिक्षण कार्यक्रमको नगरप्रमुख दिपनारायण रिजाल र उपप्रमुख विणादेबी राईले पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरेका छन्।कार्यक्रममा सहभागीहरुलाई भुजेल भाषा, भुजेल इतिहास, जन्म–मृत्युसम्मको संस्कार संस्कृति सम्बन्धी प्रशिक्षण दिईने भुजेल समाज सेवा दिक्तेल नगर कार्य समितिका अध्यक्ष चन्द्रकला भुजेलले बताईन्।

    सहभागीहरुलाई भुजेल संस्कार संस्कृती मञ्चका सचिव पृथ्वी भुजेल र कोषाध्यक्ष बालकुमार भुजेलले प्रशिक्षण दिनेछन्। प्रशिक्षणका लागि नगरपालिकाको प्रत्येक वडाबाट १/१ जना तथा कुनै वडाबाट २ जनासम्म प्रतिनिधि झिकाईएको भुजेल सेवा समाज जिल्ला कार्य समितिका सचिव उमेश भुजेलले जानकारी दिए। पछिल्लो समय आफ्नो भाषा, संस्कार, संस्कृति संरक्षणमा भुजेलहरु सक्रिय भएका छन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology