• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

केही दिन घाम लाग्ने,बिहीवारदेखि मौसम बद्ली ‍हुने

केही दिन घाम लाग्ने,बिहीवारदेखि मौसम बद्ली ‍हुने


समायोजन खबर
  • शुक्रबार, पौस १६ २०७८

  • सांकेतिक तस्विर।

    समायोजन खबर, पानी पर्न रोकिए पनि अधिकतम तापक्रम घट्दा देशरभर चिसो बढेको छ। केही दिनदेखिको पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कमजोर बनेसँगै हिउँदे वर्षा रोकिएको छ।

    अबको केही दिन बिहान बेलुका हुस्सु, कुहिरो लागे पनि दिउँसोको समयमा घाम लाग्ने मौसमविद् समिर श्रेष्ठले बताउनुभयो।

    उहाँकाअनुसार आज प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ। अन्य क्षेत्रमा भने घाम लाग्ने उहाँले बताउनुभयो।

    अब आउँदो बिहीवारसम्मकै मौसम घमाइलो हुने पूर्वानुमान गरिएको छ। तर, बिहीवारदेखि भने फेरि पानी पार्ने प्रणाली नेपाल प्रवेश गर्ने सङ्केत देखिएको मौसमविद् समिर श्रेष्ठले बताउनुभयो।

    ‘आउँदो बिहीवार र शुक्रवार भने मौसम पूर्ण बद्ली भइ केही ठाउँमा पानी पर्ने सम्भावना देखिएको छ’, उहाँले भन्नुभयो–‘त्यस अघि भने खासै पानी पर्ने सम्भावना छैन्।’

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology