समायोजन खबर खोटाङ, जिल्लामा ‘अनिल आचार्य’ नाम खास नौलो नाम हैन। सरकारी नोकरीसँगै सामाजिक काममा दिनरात खटिरहने हुनाले आचार्य यहाँका लागि नौलो मान्छे पक्कै हैन। नोकरीसँगै विभिन्न संघसंस्थामा रहेर सामाजिक सेवामा उतिकै सक्रिय आचार्य सबैले रुचाएका व्यक्ति हुन्। व्यक्तिमा पर्छन्।
२०४२ साल असोज २० गते तत्कालिन दिक्तेल गाविसमा जन्मिएर २०५८ सालमा प्रवेशिका परीक्षा उतीर्ण गरी दिक्तेल बहुमुखी क्याम्पसमा उच्च शिक्षा अध्ययन गर्दैगर्दा २०६२ सालदेखि निजामति कर्मचारी भएका उनी बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म सरकारको काम र बाँकी समयमा गरीब, दिनदुखीका काममा खट्छन्।
जिल्लामा रहेका बौद्धिक वर्गहरुको संगठन नेपाल प्रजातान्त्रिक महासंघका अध्यक्ष आचार्यले बौद्धिक वर्गको पहिचान गरी ज्ञान परिचालन गर्ने, बहुआयमिक संरक्षण समाजका अध्यक्ष भएर समाजमा विशेष परिस्थितीले पछि पारिएका समुदायलाई लक्षित गरी जीविकोपार्जन उकास्न काम गरे। आचार्यले बौद्धिक वर्गमा रहेर ज्ञान परिचालन तथा पछि पारिएका लक्षित वर्गको जीविकोपार्जनका लागि मात्रै काम गरेका छैनन्।
शान्ती तथा मानव अधिकार मञ्चको सदस्य रहेर द्धन्द्धकालले पीडित पारेकाहरुको समस्या समाधानका लागि पनि खटिरहेका छन्।
गंगा जुमना डेरी उधोग र प्राकृतिक कृषि तथा पशुपालन फर्मका प्रोपाईटर भएर कृषि तथा पशुपालन क्षेत्रमा सेवा दिईरहेका आचार्य निजामति कर्मचारीको हकहितका लागि लड्दै आईरहेको आधिकारीक ट्रेड युनियन खोटाङका उपाध्यक्ष भई कर्मचारीहरुले पाउने सेवा सुविधाका लागि लड्दै आईरहेका छन्। कर्मचारीमा समस्या आईपरेमा आफ्नै समस्या ठानेर समाधान गरिहाल्छन्।
सुर्ती नियन्त्रणका लागि जिल्लामा फोकल पर्सन भएर काम गरिरहेका आचार्य सरकारी जागिरसँगै सामाजिक क्षेत्रमा क्रियाशिल मात्रै छैनन् राजनीतिक क्षेत्रमा पनि राम्रो दख्खल राख्छन्। सामाजिक काम देखेर नै खुलेरै राजनीतिमा आउन राजनीतिककर्मी र सामाजिककर्मीहरुले दवाव दिने गरेको आचार्य बताउँछन्। सरकारी जागिरपछि सामाजिक काममा खटेको देखेर सबै साथीहरु, अग्रजहरुले राजनीतिमा आउनुप¥र्यो भन्नुहुन्छ। आचार्य भन्छन, ‘राजनीतिमा जाने नजाने अहिले भन्दिन तर, मौका र समय अनुसार कदम चाल्ने सोचमा छु।’
नेपाली कांग्रेसका जिल्ला सदस्य तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडाध्यक्ष टंकप्रसाद आचार्य पनि अनिलको काम देखेर खुशी छन्। आफूले जसरी अनिलले पनि राजनीति हाक्नुपर्छ भन्ने हो। वडाध्यक्ष आचार्य भन्छन् ‘अनिल राजनीतिमा छिर्ने बितिकै हाइट बढेर गईहाल्छ। राजनीतिमा उनलाई धेरैले देख्न चाहेका छन्।’
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका पूर्व नगर सभापति दुर्गा घिमिरेले पनि आचार्यलाई अब राजनीतिमा आउनुपर्छ भनेर प्रस्ताव गरेका छन्। आचार्यलाई राजनीतिमा ल्याउन मलाई धेरैबाट दबाब आईरहेको छ। घिमिरेले भने, ‘सामाजिक व्यक्तित्व आचार्य राजनीतिमा खुलेरै आउनुपर्छ भन्ने मेरो पनि माग हो।’
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology