समायोजन खबर खोटाङ, नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अबको दुईवटा अधिवेशनपछि नेकपा एमाले पूर्णरुपमा लयमा फर्कने बताएका छन्।
आउँदो पुस २३ गते सम्पन्न हुने ७७ वटा जिल्ला अधिवेशन र माघ ८ गते सम्पन्न हुने सातै वटा प्रदेश अधिवेशनपछि एमाले सांगठनिक रुपमा चुस्तदुरुस्त मात्रै नभई बैचारिक हिसावले संमृद्ध र सांगठनिक रुपले व्यवस्थित हुने बताएका हुन्।
यी दुई अधिवेशनपछि एमाले सांगठनिक रुपमा चुस्तदुरुस्त मात्रै हैन। बैचारिक हिसावले संमृद्ध, सांगठनि रुपले व्यवस्थित र पार्टी एक ढिक्का भएर हामी अर्को युद्धको तयारीमा लाग्छौ। नेकपा एमाले जिल्ला कमिटी खोटाङले जिल्ला अधिवेशनको जानकारी दिन आईतबार होटल शुभदिनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले ‘त्यो तयारी आगामी दिनमा आउँदै गरेका चुनावहरुको फेस गर्ने तयारी भएको बताए।’
चुनावको एजेण्डाका लागि नेकपा एमालेले घोषणा पत्र जारी गर्ने र त्यो घोषणा पत्रले देशको सपना देखाउन सक्नेछ। पार्टीको पोलिटब्युरो सदस्य समेत रहेका भट्टराईले भने, पाँच वर्षमा देशलाई कस्तो बनाउन खोजेको छ भन्ने कुराको भिजन दिनेगरी घोषणा पत्र लिएर आउनेछौ। त्यसको माध्यमबाट मत माग्नेछौ।’
गएको असोज ६ गते एकैदिन ६ हजार ७४३ वडा र असोज ९ गते एकैदिन ७५३ पालिकामा सर्वसहमत नेतृत्व निर्माण ग¥र्यौ। कार्तिक २७ गते देशभरका र गैर भौगोलिक क्षेत्रका २ हजार २ सय प्रतिनिधि एकैदिन सर्वसहमत छान्यौ। यसले करीव–करीव एमाले लयमा फर्किसक्यो। भट्टराईले भने ‘माघ ८ गतेपछि एमाले पूर्णरुपमा लयमा फर्कन्छ।’
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology