• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सामाजिक कूप्रथालाई निर्मुल पार्ने अभियानको लक्ष्य हो : आचार्य

सामाजिक कूप्रथालाई निर्मुल पार्ने अभियानको लक्ष्य हो : आचार्य


समायोजन खबर
  • शुक्रबार, पौस ९ २०७८

  • सुनाखरी निर्मला आचार्य।

    समायोजन खबर खोटाङ, खोटाङमा गएको मंसिर १९ गतेबाट अभियानकै रुपमा ‘उठ छोरी परिवर्तनका लागि’ अभियानको सुरुवात भएको छ। विभिन्न स्थानका चार युवतीले थालनी गरेको अभियान के हो ? यसले के काम गर्छ ? लगायतका विषयमा रहेर समायोजन खबरले अभियान्ता सुनाखरी निर्मला आचार्यसँग कुराकानी गरेको छ।
    उठ छोरी परिवर्तनका लागि कस्तो अभियान हो ?
    ‘उठ छोरी परिवर्तनका लागि’ नामक हाम्रो अभियानको मुख्य उद्देश्य भनेकै महिला सशक्तीकरणलाई अझ प्रभावकारी बनाउदै महिलाहरू आर्थिक, सामाजिक, राजनीतिक लगायत अन्य सम्पूर्ण क्षेत्रमा महिलाहरूको स्थितिमा केही हदसम्म सुधार ल्याउदै महिलाहरूलाई स्वाबलम्बी बनाउन प्रेरित गर्दै ,बालविवाह, बहुविवाह, घरेलु हिंसा, बलात्कार जस्तो सामाजिक कूप्रथालाई निर्मुल गर्दै समानतामुलक समाजको निर्माण गर्ने अभियान हो।
    अभियान सुरु गर्नुपर्छ भन्ने कन्सेप्ट कसरी आयो ?
    २०७८ सालको जनगणना गर्ने क्रममा गाउँको यथार्थ अवलोकन गर्न अवसर मिल्यो र त्यहाँ महिलाहरूको यथार्थ स्थितिको चित्रण गर्न अवसर पाए । जसमा महिलाहरूको स्थिति ज्याँदै दयनीय अवस्थामा धेरै महिलाहरू भेटे। अझ धेरै बालविवाह र शिक्षाको स्थिति ज्यादै न्यून स्तरको भेटेपछि महिलाको निम्ति केही न केहि गर्नुपर्छ भन्ने कन्सेप्ट आएको हो। जस अनुरूप नै अभियानको सुरूवात भएको हो।
    अभियानमा कतिजना हुनुहुन्छ ? यसले के–के गर्छ ?
    अभियानको सुरूमा चारजना थियौ अहिले सातजना भएका छौ। खासगरी अभियानलले महिलाहरूलाई हरेक क्षेत्रमा अगाडि बढ्नुपर्छ, बालविवाह, बहुविवाह, दाईजोप्रथा, घरेलु हिंसाको बारेमा कानुनमा लेखिएका प्रावधानहरू, महिलाहरूको यथार्थ स्थिति चित्रण गर्दै हाल घटिरहेका घटनाहरूको बारेमा जानकारी दिदै यसलाई हामी कसरी घटाउन सक्छौं भन्ने बारेमा सक्नेजति ज्ञान दिनेछ।
    अहिलेसम्म कहाँ–कहाँ अभियान चलाउनुभयो ? प्रतिक्रिया कस्तो छ ?
    अभियानको सुरुवात त मैले फेसबुकमा ‘म छोरी हो तर कमजोरी हैन’ नामक फेसबुक ग्रुप खोलेबाट नै भएको हो। अभियानको कार्यक्रम भने मंसिर १९ गते नेर्पाको कालिका मावि र मंसिर २६ गते दिक्तेल बहुमुखी क्याम्पस दिक्तलमा सम्पन्न गरिसकेका छौ।अभियान्ताद्धय निर्मला र सुलोचना आचार्य।

    प्रतिक्रिया सकारात्मक नै आएको छ, गर्नुपर्छ यो एकदमै आवश्यक छ, अहिलेको स्थिति अनुसार जरुरी छ जस्ता सकारात्मक प्रतिक्रिया आएका छन् । हामीले सुधार्नु पर्न केही पक्षहरू पनि छन्। अझै हामीले दिने गरेको जानकारीमा हाम्रो उद्देश्यको बारेमा बृहत् रूपमा जानकारी दिन सकेका छैनौ। हामीले छिट्टै आधिकारिक बनाउनु पर्नेजस्ता कमीकमजोरी पनि औलाईदिनु भएको छ।
    अभियानले साँच्चिकै परिवर्तन ल्याउँछ त ?
    परिवर्तन ल्याउँछ भन्दा पनि जरूर ल्याउनुपर्छ भन्ने हाम्रो धारणा हो। समाजमा रहेका कुप्रथाहरूलाई शुन्यको अवस्थामा झार्न नसके पनि केही निर्मुल पक्कै गर्नेछौं भन्नेमा हामी विश्वस्त छौं। समय परिस्थिति अनुसार दिनदिनै गर्न नसके पनि निरन्तर लागिरहने छौ। विश्वास छ कि यसले निरन्तरता पाईनै रहने छ।
    अभियानले निरन्तरता पाउँछ ? बिचमै बन्द त हुन्न नि ?
    हामीले सकिञ्जेलसम्म बन्द गर्न छैनौ । तर, सबै बेरोजगारी भएको कारण आर्थिकले भने अलिक समस्या पारेको छ। अभियान बन्द हुदैन।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology