• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

एमाले यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा छैन: भट्टराई

एमाले यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा छैन: भट्टराई


समायोजन खबर
  • मंगलबार, पौस ६ २०७८

  • नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराई

    समायोजन खबर, नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले एमाले यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा नरहेको बताउनुभएको छ।

    मंगलवार प्रतिनिधि सभाको बैठक पछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक भट्टराईले एमाले कुनैपनि शर्तमा यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा नरहेको स्पष्ट पार्नुभयो। उहाँले गठबन्धन तोडेमा एमालेले एमसीसी पास गर्न सघाउने भन्ने हल्लामा सत्यता नरहेको बताउनुभयो।

    एमालेलाई गठबन्धन तोड्न कुनै रुची नभएको उल्लेख गर्दै उहाँले वर्तमान सरकार पूर्ण अवधि चलोस् र गठबन्धन जारी रहोस् भन्ने पक्षमा एमाले रहेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘यस्ता मिथ्या आरोपको कुनै अर्थ छैन । एमालेलाई अहिले यो गठबन्धन तोड्न कुनै रुची छैन। सरकारमा जान कुनै रुची छैन।

    संसद चलाउन सत्तापक्ष र प्रतिपक्षबीच वार्ता हुनु जरुरी

    उहाँले भन्नुभयो, नेकपा एमालेलाई अहिले कुनै अर्को गठबन्धन बनाएर सरकारमा जाउँ भन्ने छैन। हामी विल्कुल यो सरकार पूर्ण अवधि चलोस्। यो गठबन्धन जारी राखोस् भन्ने पक्षमा छौँ। र स्पष्ट गर्न चाहान्छु म नेकपा एमालेको तर्फबाटकी यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा नेकपा एमाले छैन। कुनै शर्तमा पनि हामी एमसीसी यथास्थितिमा पास गर्ने पक्षमा छैनौँ।’

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology