• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

विदेशले उजाड बनाएको जीन्दगी, जसले खप्पर नै गुमायो

विदेशले उजाड बनाएको जीन्दगी, जसले खप्पर नै गुमायो


समायोजन खबर
  • सोमबार, पौस ५ २०७८

  • डम्बर बहादुर भुजेल

    समायोजन खबर खोटाङ, खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिला घलेगाउँका डम्बर बहादुर भुजेल २१ वर्षअघि धन कमाउन मलेसिया हानिए। मनग्गे धन कमाउँला, परिवारलाई सुखसयलमा राखौंला भनेर प्रवासिएका उनको त्यो सपना तब सिसाको घर झै चकनाचुर भयो जब उनी खप्पर नै नभएको अवस्थमा अस्पतालको बेडमा बिउँझिए।

    रोजगारीका लागि २०५७ सालमा मलेसियाको राजधानी क्वालालम्पुर पुगेका भुजेलको मोटरबाइकमा पछाडी बसेर यात्रा गर्ने क्रममा लडेर टाउको फुटेर खप्परमा असर पुग्यो। बाईकबाट लडेर रत्ताम्मे भएका उनी होसमा हुंदा मलेसियाको अस्पतालमा बिना खप्पर बिउँझिए। आर्थिक समस्या, पराई मुलुक, अपरिचित मानिस लगायत विभिन्न कारणले महिनादिन अस्पतालमा थलिए उनी । तर, यता परिवारमा भने उनको मृत्यु भयो भनेर एकाएक खबर आयो।डम्बर र उनका बुवा राजमान ।

    भोजपुरका उनको साथीले फेसबुकमा पहिलो दिन मरेको भनि खबर हाल्यो। छोरोको मृत्यु भयो भनि १ दिन टोपी झिकेर बसे। डम्बरका बुवा राजमानले भने, ‘साथीसँग खर्च माग्न जाँदा केश नकाट्न भन्यो नभन्दै भोलिपल्ट छोरा ज्यँदै छ भनि फेरी फेसबुकमा खबर आयो।’

    अपरेसन गरेर खप्पर झिकेपछि मलेसियामा लापत्ता हिसाबले बसेका डम्बरको विषयमा नेपाली मिडियामा व्यापक समाचार प्रकाशन तथा प्रसारण भयो। छोराको हालत देखेर परिवारले गाउँपालिकामा सम्पर्क गरेर छोरा झिकाई दिन आग्रह गरेको बालसेवा समाज नेर्पा अन्तर्गतको सामी परियोजनाका कार्यक्रम संयोजक सन्तोष राईले बताए।

    सामी परियोजनका लागि खोजी उद्धारमा काम गर्ने संस्था प्रवासी नेपाली समन्वय समितिको सहयोगमा डम्बरको अवस्था बुझेर नेपाल झिकाईएको हो। साउन अन्तिममा काठमाण्डौ आईपुगेका उनलाई आफन्तको जिम्मा लगाएर घर पठाएईको कार्यक्रम संयोजक राईले बताए।२१ वर्षपछि खप्पर बिना घर आईपुगेका डम्बरमा अहिले एकदम ढिलो बोल्ने, प्रष्ट नबोल्ने समस्या छ। बढी बोल्दा थर्केर दुख्ने गरेको उनी बताउँछन्। पैसा कमाउँछु भनेर विदेश गएको थिए, कम्पनी चलेन। कम्पनी नचलेपछि भाग्दै काम गरे। अफ्ठ्यारो तबरले आँसु झार्दै डम्बरले भने, एकै पैसा कमाई भएन। ऋण पनि तिरेको छैन। खप्पर पनि उतै अस्पतालमा छुट्यो।

    भाईसँग बस्दै आएका डम्बरले खान मात्रै खान सक्छन् अन्य काम भने गर्न सक्दैनन्। सजिलो ठाउँमा भए बाख्रासम्म चराउन सक्ने उनका बुवा राजमानले बताए। डम्बरको अहिले टाउकोको स्वरुप नै फेरिएको छ। उनको देब्रेपटिको टाउको फुटेर खप्पर झिकेपछि चेप्टो देखिन्छ। खप्पर पछि लाउनुपर्छ भनेर अस्पतालले भनेको उनलाई केही सम्झना छ। खप्पर लाउन नपाएको उनी बताउँछन्।

    अविवाहित डम्बरलाई हिड्न पनि सकस हुन्छ थर्केर। उनलाई अहिले कहीकतै जानुपर्दा बुवाले साहारा दिनुपर्छ। बुढा भएको बाउलाई छोराको भरथोक हुन्थ्यो। मलेसियामा वास्तविक जीवनसँगै नागरिकता गुमाएपछि डम्बरको नागरिकता बनाउन प्रशासन आएका उनका बुवा राजमानले भने, ‘ठिक उल्टो अहिले बुढो बाउँले छोरालाई सम्हाल्नु परेको छ। यो चानचुने पीडा हैन।’

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology