• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

गाउँमै स्वरोजगार भएका पाँच युवालाई सम्मान

गाउँमै स्वरोजगार भएका पाँच युवालाई सम्मान


समायोजन खबर
  • शनिबार, पौस ३ २०७८

  • गाउँमै स्वरोजगार भएकालाई सम्मानपत्र हस्तान्तरण गर्दै नगरप्रमुख दिपनारायण रिजाल लगायत।

    समायोजन खबर खोटाङ, खोटाङमा अन्तर्राष्ट्रिय आप्रवासी दिवस–२०२१ का अवसरमा बैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा स्वरोजगार भएका पाँचजना युवाहरुलाई नगदसहित सम्मान गरिएको छ। सुरक्षित आप्रवासन परियोजना सामीले शनिबार बिहान होटल शुभदिनमा मनाएको दिवसको अवसरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले उनीहरुलाई सम्मान गरेको हो।

    सम्मानित हुनेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेलका इलेक्ट्रिसियन प्लम्बीङको काम गर्दै आएका दुर्गा बहादुर राई, नेर्पाका वल्डिङ ग्रिल(रोशन ग्रिल उधोग)को काम गर्दै आएका रोशन राई, प्लम्बीङ मेसिनको काम गर्दै आएका सोल्माका कासकुमार राई, बंगुर फार्म सञ्चालन गर्दै आएका बुईपाका दीपेन्द्र उदास र सोल्मामा इलेक्ट्रिसियन प्लम्बीङको काम गर्दै आएका भोजकुमार श्रेष्ठ छन्।

    सम्मानित हुने मध्येमा उदास बाहेक अन्यलाई आफ्नो सीपमा प्रयोग हुने ५ हजार बराबरको सामग्री र १५ हजारको चेक हस्तान्तरण गरिएको बालसेवा समाज नेपाल नेर्पा अन्तर्गतको सामी परियोजनाका कार्यक्रम संयोजक सन्तोष राईले बताए। उदासलाई भने २० हजारको चेक नै हस्तान्तरण गरिएको छ।

    सम्मानित हुनेलाई नगरप्रमुख दिपनारायण रिजाल र उपप्रमुख विणादेबी राईले चेक र सम्मान पत्र प्रदान गरेका थिए। बैदेशिक रोजगारका क्रममा आर्जन गरेको सीपलाई स्वदेशमा फर्किएर सोही पेशालाई निरन्तरता दिंदै स्वरोजगारको क्षेत्रमा उदाहरणीय भूमिका निर्वाह गरेकाले युवाहरुलाई सम्मान गरिएको नगरपालिकाले जनाएको छ।

    सामीका अनुसार दुर्गा बहादुर प्लम्बिङमा दुबई कतार, रोशन ग्रिल वल्डिङमा मलेसिया र साउदी अरव, कासकुमार इलेक्ट्रिसियन प्लम्बीङमा मलेसिया र भोजकुमार इलेक्ट्रिसियन प्लम्बीङमा कतार र साउदी तथा दीपेन्द्र मलेसिया गएका थिए।

    अन्तर्राष्ट्रिय आप्रवासी दिवसका अवसरमा सम्मानका अलवा सामीले सुरक्षित आप्रवासनका लागि सरोकारवालाहरुसँग अन्तरक्रिया पनि गरेको थियो। अन्तरक्रियामा सहभागिहरुले बैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउनमा घर परिवार, समाज र स्वयंम् वैदेशिक रोजगारमा जाने व्यक्ति नै जिम्मेवार हुनुपर्ने औल्याएका थिए।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology