• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दिक्तेलवजार सडक ढलानको म्याद सकिदा भएन काम, ठेकेदारको चरम लापारबाही

दिक्तेलवजार सडक ढलानको म्याद सकिदा भएन काम, ठेकेदारको चरम लापारबाही


समायोजन खबर
  • सोमबार, मंसिर २७ २०७८

  • दिक्तेलबजारको ढलान गर्न बाँकी सडक र डकनी नलगाएको ड्रेन होल।

    समायोजन खबर खोटाङ, खोटाङको सदरमुकाम तथा प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारभित्रको सडक ढलानको सम्झौता म्याद सकिएको छ। निर्माण कम्पनी सुर्य विकास जेभी लाहानले ठेक्का पारेर सडक ढलान गर्ने भनि सघन शहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुंगासँग गरेको सम्झौता म्याद सोमबार सकिएको हो।

    जेभीले यहि मंसिर २० गतेभित्र काम गरिसक्ने भनि गत असार १० गते कार्यालयसँग २ करोड ६८ लाख वजेटमा सम्झौता गरेर कन्ट्रायक्टर दिनेशकुमार शाहले पेटी ठेकेदार खाल्लेका रोशन राईलाई काम छोडेको थियो । तर, सम्झौता म्याद सकिदा पनि कामको प्रगति भने ज्यादै न्युन छ। पेटी ठेकेदारमार्फत भएको काममा उस्तै चरम लापारबाही छ।

    दिक्तेलबजारको सिंचाई गेटदेखि दुर सञ्चार शाखा कार्यालय भानुचोकसम्म ढलान हुनुपर्ने सडक म्याद सकिदा पेटी ठेकेदार राईले सिंचाई गेटदेखि बेसक्यामसम्म मात्रै ढलान गरेका छन् । त्यति ढलानमा पनि इस्टिमेटभन्दा दुईतिन गुणा दुरी बढाई रड बिच्छ्याईएर ढलान गरेको थियो।

    इस्टिमेट अनुसार १२ एमएमको रड(चौडाईतर्फ)१० सेन्टिमिटरमा राखिनुपर्नेमा ३० सेन्टिमिटरमा, १० एमएमको रड(लम्बाईतर्फ)१५ सेन्टिमिटरमा राख्नुपर्नेमा २०/३० सेन्टिमिटर पर लगेर राखेको पाईएको थियो। निर्माण व्यवसायीले बजारभित्रको सडक ढलानमै १२ एमएमको रड राख्दा २० सेन्टिमिटर र १० एमएमको रड राख्दा १०/१५ सेन्टिमिटरसम्म राखेर जालझेल गरेका थिए। ढलानमा प्रयोग भएको गिटी पनि २०/४० एमएम भन्दा ठूलो प्रयोग गरेको पाईएको थियो।ढलान हुन वाँकी त्रिवेणीचोकको सडक।

    कामको प्रगतिका वारेमा बुझ्नलाई पटक–पटक सम्पर्क गर्दा सघन शहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुंगाका ईन्जिनियर कृष्ण यादव फोन उठाउँदैनन्। सडक बनाउने क्रममा २/४ जनाले राती झगडा गरेर खुकुरी प्रहार गरेर लखेटेको र भाईब्रेटरको पाईप काटिदिएका कारण बाँकी काम नगरेको पेटी ठेकेदार राईले बताउनुभयो। झगडा गर्ने र भाईब्रेटरको पाईप काट्नेलाई कारवाही नभएसम्म काम नगर्ने राईले सुनाउनुभयो।

    ठ्याक्कै थाहा नभए पनि मेन कन्ट्रायक्टले करीव २/३ महिना म्याद थप गरेको राईको भनाई छ। २७ देखि ३५ प्रतिशतको हाराहारीमा काम भएको उहाँको दाबि छ। निर्माण कम्पनीले ७६४ घनमिटर ढलान र ४५३ घनमिटर ग्याभिङ वालको काम गर्नुपर्नेछ। ठेक्का पारेर पनि निर्माण व्यवसायीले काम नगर्दा बारम्बार गुनासो आउने गरेको छ। ढलानको काम अघि नबड्दा दिक्तेलबजारको त्रिवेणीचोक र चोक अगाडीकोे उकालोमा सवारी साधन चिप्लिएर दुर्घट्ना हुने र पसलभित्र सवारीसाधन पस्ने खतरा बढेको छ।

    ढलानको काममा अवरोध नहोस भनेर नगरपालिकाले निर्माण कम्पनीका प्रतिनिधि, विधुत, खानेपानी, टेलिकम लगायत सरोकारवालासँग राखेको छलफलमा कामको जिम्मा लिएका पेटी ठेकेदार राईले समयमै काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए। कामको गुणस्तरमाथि नगरपालिकाले धेरैभन्दा धेरै खबरदारी गर्ने, समयमा काम गराउनका लागि सहजीकरण गर्ने र काम नगरेमा वजेट रोक्कासम्मको काममा नगरले भूमिका खेल्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले यसअघि नै बताउनु भएको थियो। तर, ठेक्का लागेको डेढ महिनापछि काम थाल्दा, इस्टिमेटभन्दा फरक ढंगले काम गर्दा सम्बन्धित निकायले चासो दिएको देखिएको थिएन।
    ‘ड्रेन होल’मा चारजना मानिस खसे
    सिंचाई गेटदेखि बेसक्यामसम्म ढलान गरेर सडक विचमा खुला छोडिएको ड्रेन होलमा अहिलेसम्म चारजना मानिस खसेर घाईते भएका छन्। निर्माण व्यवसायीको चरम लापारबाहीले ९ वटा ‘ड्रेन होल’को ढकनी नलाउँदा ३ जना सामान्य घाईते र १ जना शक्त घाईते भएका थिए।सडकविचमा खुला छोडिएको ड्रेन होल ।

    ब्यस्त बजारको सडकमा ड्रेन होल त्यतिकै छोडिदा विधार्थी वालवालिका, बटुवा खस्ने र सवारी साधन पसेर दुर्घट्ना हुने जोखिम बढेको छ। ‘ड्रेन होल’को कभर लगाउने काम तत्कालै थालिने पेटी ठेकेदार राईले दाबि गुर्नभयो।
    यो पनि,सम्झौता गरेको डेढ महिनापछि दिक्तेलबजार ढलान सुरु
    सम्बन्धित समाचार, दिक्तेलवजार सडक ढलान:इस्टिमेट अनुसार भएन काम, रड राख्नमा जालझेल

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology