• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सम्झौता गरेको डेढ महिनापछि सुरु भयो दिक्तेलबजार ढलानको काम

सम्झौता गरेको डेढ महिनापछि सुरु भयो दिक्तेलबजार ढलानको काम


समायोजन खबर
  • मंगलबार, साउन २६ २०७८

  • समायोजन खबर खोटाङ, सम्झौता गरेको डेढ महिनापछि दिक्तेलबजारको बाँकी सडक ढलानको काम सुरु भएको छ। बहुप्रतिक्षित बजारभित्रको सडक ढलानको काम सुर्य विकास जेभी लाहानले मंगलबारदेखि सुरुवात गरेको हो।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले आज बिहान सिंचाई गेट नजिक ढलानको शुभारम्भ गरेका छन्। अब भने दिक्तेलबजारको सिंचाई गेटदेखि नेपाल दुर सञ्चार शाखा कार्यालय भानुचोकसम्मको कच्ची सडक ढलान हुनेछ।

    सघन शहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुंगाको २ करोड ६८ लाख वजेटमा ठेक्का पारेको जेभीले १० असारमा उक्त कार्यालयसँग सम्झौता गरेको थियो। सम्झौता लगत्तै ढलानको काम नगरेपछि निर्माण कम्पनीलाई ताकेता गरेपछि पेटी ठेकेदारबाट बल्ल कामको सुरुवात भएको हो। सम्झौता अनुसार जेभीले आगामी मंसिर २० गतेभित्र ढलानको काम सक्नुपर्नेछ।निर्माण कम्पनीले ७६४ घनमिटर ढलान र ४५३ घनमिटर ग्याभिङ वालको काम गर्नुपर्नेछ। काममा अवरोध नहोस भनेर नगरपालिकाले यसअघि नै निर्माण कम्पनीका प्रतिनिधि र विधुत, खानेपानी, टेलिकम लगायत सरोकारवालासँग छलफल गराईसकेको छ।

    छलफलमा कामको जिम्मा लिएको खाल्लेका पेटी ठेकेदार रोशन राईले समयमै काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको नगरप्रमुख रिजालले बताए। कामको गुणस्तरमाथि नगरपालिकाले धेरैभन्दा धेरै खबरदारी गर्ने, समयमा काम गराउनका लागि सहजीकरण गर्ने र काम नगरेमा वजेट रोक्का सम्मको काममा नगरले भूमिका खेल्ने नगरप्रमुख रिजालले बताए।

    ढलानको काम सकेपछि नगरपालिकाको केन्द्र तथा प्रमुख व्यापारीक केन्द्र दिक्तेलबजारले मुहार फेर्नेछ। अहिले ढलान नहुंदा बजारभित्रकै सडक बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गरेको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology