• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

किशोरीहरुको सामूहिक आवाज : ‘महिला हिंसा विरुद्ध लड्छौ, लड्छौ’

किशोरीहरुको सामूहिक आवाज : ‘महिला हिंसा विरुद्ध लड्छौ, लड्छौ’


समायोजन खबर
  • आइतबार, मंसिर २६ २०७८

  • समायोजन खबर खोटाङ, खोटाङमा महिला हिंसा विरुद्ध लड्नका लागि किशोरीहरु एकजुट हुन थालेका छन्। केही समय अघि जिल्लाका चारजना युवतीहरुले सुरु गरेको ‘उठ छोरी परिवर्तनका लागि’ नामक अभियानमा एकपछि अर्कोजना थपिदै महिला हिंसा विरुद्ध लड्नका लागि किशोरीहरु दिनानुदिन एकजुट हुन थालेका हुन्।

    “घर–घरबाट उठौ, सबै महिला जुटौं, हिंसा गर्ने भन्दा हिंसा सहने दोषि हुन्छ : त्यसैले सधैं हिंसाको विरुद्ध लागौ” भन्दै जिल्लाका चारजना युवतीले १९ मंसिरबाट सुरु गरेको ‘उठ छोरी परिवर्तनका लागि’ कार्यक्रम आईतबार दिक्तेल बहुमुखी क्याम्पसमा आयोजना गरिएको थियो। त्यहाँ गरिएको कार्यक्रममा सहभागी किशोरी तथा किशोरहरु अभियानको ऐक्यवद्धता जनाउँदै एकजुट भएका छन्।

    क्याम्पसमा गरिएको कार्यक्रममा सहभागी भई अभियानलाई साथ दिन जीवन रिजाल, पारसमणी रिजाल र प्रमिला आचार्य पनि अभियन्ता भएको ‘उठ छोरी परिवर्तनका लागि’का अभियन्ता सुनाखरी निर्मला आचार्यले बताईन्। क्याम्पसमा आयोजना गरिएको कार्यक्रममा सहभागी किशोरी तथा किशोहरुले गाउँ, घर, समाजमा भईरहेको महिला हिंसा विरुद्ध लड्ने प्रतिबद्धता पनि जनाएका छन्।अभियानको चेतनामूलक कार्यक्रम समय सान्दर्भिक भएको र नगरपालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्थाहरुमा पु¥याउन आवश्यक देखिएको दिक्तेल बहुमुखी क्याम्पसका प्रमुख हिराकुमार राई र प्राचार्य रविन सुनुवारले बताउनुभएको अभियन्ता आचार्यले बताईन्। अभियानको चेतनामूलक कार्यक्रममा करीव ७० जना किशोर किशोरीको सहभागिता थियो।
    के गर्छ अभियानले ?
    मूलतः “घर–घरबाट उठौ, सबै महिला जुटौं, हिंसा गर्ने भन्दा हिंसा सहने दोषि हुन्छ : त्यसैले सधैं हिंसाको विरुद्ध लागौ” भन्दै महिला पनि सवै काम गर्न सक्षम छन् भन्ने शन्देस दिन्छ।

    समाजमा भईरहेको वालविवाहको अन्त्य गर्न सघाउँ पु¥याउँछ, महिला आफै स्वावलम्बी बन्न जरुरी छ भन्ने चेतना आम छोरी र विद्यालयदेखि ग्रामिण स्तरसम्म पु¥याउने काम अभियानले गर्छ।

    अभियानलाई थप शसक्त र जनजनमा पु¥याउनका लागि ‘म छोरी हो तर, कमजोर हैन’ नामक फेसबुक ग्रप पनि बनाईएको छ। यहि ग्रुप नै हाललाई आयोजक तोकिएको छ। ग्रुपमा महिला हिंसा सम्बन्धीका गतिविधिहरु पोष्ट गरिने तथा महिला हिंसालाई अन्त्य गर्ने सोच, विचार, धारणा भएका व्यक्तिहरु ग्रुपमा ज्वइन्ट हुन सक्नेछन्।
    यो पनि पढ्नुहोस,खोटाङमा ‘उठ छोरी परिवर्तनका लागि’ अभियान सुरु 

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology