समायोजन खबर खोटाङ, खोटाङमा महिला हिंसा विरुद्ध ‘उठ छोरी परिवर्तनका लागि’ नामक अभियान सुरु गरिएको छ । “घर–घरबाट उठौ, सबै महिला जुटौं, हिंसा गर्ने भन्दा हिंसा सहने दोषि हुन्छ : त्यसैले सधैं हिंसाको विरुद्ध लागौ” भन्दै जिल्लाका चारजना युवतीले अभियानको सुरुवात गरेका हुन्।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका २१ वर्षीया सुनाखरी निर्मला आचार्य, सोही ठाउँका २० वर्षीया यसोदा आचार्य, दिक्तेलका १९ वर्षीया सुलोचना आचार्य र ऐसेलुखर्कका २१ वर्षीया रोजिना दमाईले अभियानको सुरु गरेका हुन्।
महिला पनि सवै काम गर्न सक्षम छन् भन्न, समाजमा भईरहेको वालविवाहको अन्त्य गर्न र महिला आफै स्वावलम्बी बन्न जरुरी छ भन्ने चेतना आम छोरी र विद्यालयदेखि ग्रामिण स्तरसम्म पु¥याउन अभियानको सुरुवात गरिएको अभियन्ता निर्मलाले बताईन्। १९ मंसिरमा कालिका माध्यमिक विद्यालय नेर्पामा पहिलो औपचारिक कार्यक्रम गरेर विधार्थीहरुमा चेतना प्रवाह गरिएको उनले सुनाईन्। कार्यक्रममा सहभागी विधार्थीहरुले अभियान समय सान्दर्भिक भएको र यसलाई तल्लो तहसम्म पु¥याउन ज्यादै खाँचो रहेको बताएका थिए। 
हाल अभियानमा चार जना युवतीको सहभागिता छ, अभियानमा अरु पनि सहभागि हुन चाहेमा जोड्दै लैजान्छौ। अर्का अभियन्ता सुलोचनाले भनिन्, ‘अभियानले विद्यालय, गाउँघरमा पुगेर महिला हिंसा विरुद्धमा विभिन्न चेतनामूलक कार्यक्रमहरु गर्छ। आईतबार दिक्तेल बहुमुखी क्याम्पस दिक्तेलमा महिला हिंसा विरुद्ध कार्यक्रम गर्ने योजना छ।’
अभियानलाई थप शसक्त र जनजनमा पु¥याउनका लागि ‘म छोरी हो तर, कमजोर हैन’ नामक फेसबुक ग्रप पनि बनाईएको छ। यहि ग्रुप नै हाललाई आयोजक तोकिएको छ। ग्रुपमा महिला हिंसा सम्बन्धीका गतिविधिहरु पोष्ट गरिने तथा महिला हिंसालाई अन्त्य गर्ने सोच, विचार, धारणा भएका व्यक्तिहरु ग्रुपमा ज्वइन्ट हुन सक्नेछन्।
छोरी कमजोर बनेर हैन, स्वावलम्बी बनेर देश चलाउनुपर्छ । अभियन्ता निर्मलाले थपिन, ‘हामी महिलाहरु तब मात्रै सक्षम बन्न सक्छौ, जब हामी चुलोचौका मात्रै नभई आफ्नो हक अधिकारको खोजी गर्दै राष्ट्रियस्तरका गतिविधिहरुमा चासो राख्ने र आफ्नो कर्तव्य पूरा गर्ने हुनेछौ।
अभियान एकदमै राम्रो भएको र सबैले हातेमालौ गरेर निरन्तरता दिदैं लगेमा अभियानको उद्देश्यहरु अवश्य पूरा हुने कालिका मावि नेर्पाका शिक्षकहरुले बताएका अभियन्ताहरुले बताएका छन्। अभियानलाई थप हौसला स्वरुप त्यहाँका शिक्षकहरुले आर्थिक सहयोग समेत गरेका उनीहरु बताउँछन्। अभियानमा सबैलाई हातोमालो गर्न अभियन्ताहरुले आग्रह पनि गरेका छन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology