समायोजन खबर खोटाङ, बैदेशिक रोजगारीमा जानका लागि खोटाङबाट १७ सय बढीले श्रम स्वीकृती लिएका छन्। संघीय सरकार तथा स्थानीय सरकारले गरेको लकडाउन अवधिमै बिदेश जानका लागि १ हजार ७९२ जनाले श्रम स्वीकृती लिएका हुन्।
सुरक्षित आप्रवासन परियोजना सामीका अनुसार गएको साउनदेखि गत कात्र्तिकसम्मको चौमासिक तथ्यांक हेर्दा जिल्लाबाट बैदेशिक रोजगारीमा जानलाई १०७ जना महिला र १ हजार ६८५ जना पुरुषले श्रम स्वीकृती लिएका छन्। सरकारले साउन भदौमा गरेको लकडाउन यता पनि रोजगारीका लागि बिदेश जान अत्याधिक संख्यामा श्रम स्वीकृती लिएको पाईएको हो।
बैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउनका लागि काम गरिरहेको सामीमा बैदैशिक रोजगारसँग सम्बन्धित नौ वटा उजुरी परेको छ। खोजी उद्धारमा ५, मृत्यु भएकाकोे शव झिकाई दिन भनि १, आर्थिक सहयोगका लागि २ तथा मेनपावरले १ जनाको पासफोर्ट होल्ड गरेर राखेको उजुरी परेको सामी परियोजनाका कार्यक्रम संयोजक सन्तोष राईले बताए।
चार महिनको अवधिमा बैदेशिक रोजगार सम्बन्धी जानकारी लिनका लागि आप्रावासी श्रोत केन्द्र (सूचना केन्द्र)मा महिला १८२ जना र पुरुष ४६१ जना आएका थिए । बैदेशिक रोजगारीमा गएका घर परिवारका महिला सदस्यहरुलाई वित्तिय साक्षरता सम्बन्धी ज्ञान ३ जना पुरुष र २९३ जना महिलालाई दिईएको र त्यो २४ हप्तासम्म सञ्चालन हुनेछ।
यस्तै, ९ जनालाई व्यक्तिगत मनोसामाजिक परामर्श सेवा, लाल्छनाका कारण चिन्ता भएका २ जना, मृत्युका कारणले चिन्ता भएका १ जना, बहुविवाहका कारणले चिन्ता परेका १ जना, आत्महत्या प्रयास गरेका २ जना र डिप्रेसनका शिकार भएका ३ जनालाई मनोसामाजिक परामर्श सेवा दिईएको जनाईएको छ।
१९ स्थानमा सुरक्षित बैदेशिक रोजगार सम्बन्धी समुदायस्तरमा सूचना प्रवाह तथा समस्या पहिचानका लागि समुदाय अभिभुखीकरण कार्यक्रम गरिएको छ । जसमा पुरुष २२७ जना, ३३९ जना महिला, बैदेशिक रोजगारबाट फर्केका १०५ जना, बैदेशिक रोजगारीमा जान लागेका ८५ जना, बैदेशिक रोजगारीबाट फर्केका व्यक्तिका परिवार २७८ जना, बैदेशिक रोजगारीमा गएका परिवारबाट ८९ जना, अन्य ९ जनाको सहभागिता थियो।
बैदेशिक रोजगारीमा जाने निर्णय गरेकाहरुलाई गहन अभिमुखीकरण ९ स्थानमा गरिदा ५५ जना महिला र १८१ जना पुरुषले सहभागि जनाएका थिए। निःशुल्क सीप तालिमका लागि २५ जनाले आवेदन दिएकामा १ जनाले तालिम सिक्दै गरेको र अन्य पखाईमा रहेको कार्यक्रम संयोजक राईले बताए। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, खोटेहाङ गाउँपालिका र केपिलासगढी गाउँपालिकामा सामी परियोजनालाई वालसेवा समाजले र हलेसी तुवाचुङ नगरपालिकामा नगरपालिका आफैले सामी परियोजना सञ्चालन गर्दै आएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology