समायोजन खबर खोटाङ, नेपाल आदिवासी जनजाती पत्रकार महासंघ जिल्ला शाखा खोटाङको अध्यक्षमा रामधन राई दोहोरिएका छन्। यसअघि पनि अध्यक्ष रहेका राई महासंघको चौथो जिल्ला अधिवेशनबाट सर्वसहमत रुपमा पुनः अध्यक्षमा दोहोरिएका हुन्।
शनिबार जिल्ला समन्वय समितिको सभाहलमा भएको अधिवेशनबाट राईको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समिति चयन भएको छ। महासंघको उपाध्यक्षमा चिसाङ शेर्पा पनि दोहोरिएका छन्।
यस्तै, सचिवमा सन्जिव राई, सह–सचिवमा उमेश भुजेल, कोषाध्यक्षमा एल्जिना राई, सदस्यहरुमा कृष्णकला राई, असल चरित्र राई, सुनिल श्रेष्ठ, जीवन राई, पूजा राना, जीवन राना, कला राई, तजिना राई, प्रवीण राई र कोसीकुमार राई छन्।
प्रदेश प्रतिनिधिमा खिलन राई, कृष्णकला राई, सुदीप राई तथा केन्द्रीय प्रतिनिधिमा सूर्य तामाङ, संगीता राई र टिवन राई सर्वसहमत चयन भएका छन्।
नेपाल आदिवासी जनजाती पत्रकार महासंघका केन्द्रीय सदस्य केदार मगरको प्रमुख आतिथ्यमा भएको अधिवेशनबाट चयन भएका पदाधिकारीहरुलाई नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषदका अध्यक्ष फुर्वा शेर्पाले प्रमाणपत्र वितरण गरेका थिए।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology