• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

फेदीमा १४ जना एमालेमा प्रवेश, कृष्णकुमार राईले गरे स्वागत

फेदीमा १४ जना एमालेमा प्रवेश, कृष्णकुमार राईले गरे स्वागत


समायोजन खबर
  • सोमबार, मंसिर २० २०७८

  • समायोजन खबर खोटाङ, खोटाङको केपिलासगढी गाउँपालिका–१ फेदीमा विभिन्न पार्टी परित्याग गरी १४ जना नेकपा एमालेमा प्रवेश गरेका छन्। सत्तारुढ दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका क्रियाशिल सदस्यहरु आईतबार एमालेमा प्रवेश गरेका हुन्।

    युवा संघ नेपाल फेदीको गठन तथा पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस बाक्सिलाका क्रियाशिल सदस्य जगत सुनवार, तोमानेका रामसोर राई, सारालुङका रामधन राई, नरहाङ राई, तिरीचन्द्र राई, देउराज राई, देवान राई, सविन राई, उदेश राई, उत्रमनी राई, लक्ष्मी राई, आइटम राई तथा दिगम्बर राई एमालेमा प्रवेश गरेको जनाईएको छ।

    यस्तै, जनता समाजवादी पार्टीका सदस्य भाईराजा राई पनि एमालेमा प्रवेश गरेका छन्। नवप्रबेशीहरुलाई एमालेका जिल्ला सदस्य तथा केपिलासगढी गाउँपालिका अध्यक्ष कृष्णकुमार राईले खादा लगाएर अबिर लगाई पार्टीमा स्वागत गरेका थिए। पार्टी प्रवेश गरेकाहरुलाई पार्टीमा उचित स्थान दिईने जिल्ला सदस्य तथा गाउँपालिका अध्यक्ष राईले बताए।

    वडा अध्यक्ष भाइराज राईको सभापतित्वमा युवा संघ गठन तथा पार्टी प्रवेश कार्यक्रमको आयोजना गरिएको थियो।
    यो पनि पढ्नुहोस, कांग्रेसबाट निर्वाचित वडा सदस्यसहित १८ जना एमालेमा प्रवेश, राईले गरे स्वागत

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology