समायोजन खबर खोटाङ, खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छामा नेपाली कांग्रेसबाट निर्वाचित वडा सदस्यसहित १८ जना नेकपा एमालेमा प्रवेश गरेका छन्। त्यहाँ बुधबार आयोजना गरिएको पार्टी प्रवेश तथा भेटघाट कार्यक्रममा कांग्रेसबाट वडा सदस्यमा निर्वाचित देउकुमार राईसहित नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीका नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन्।
कांग्रेसका क्रियाशिल सदस्य तथा पूर्व वडा सचिव प्रदीप राई, युवा समाजसेवी किशोर राई, समाजसेवी जय राई, सन्जिब राई, बलिराज बिक, नीरकुमार राई, सुबराज राई, रमेश बिक र बाबुराम राई पनि एमालेमा प्रवेश गरेको जनाईएको छ।
यस्तै, एमाले प्रवेश गर्नेमा माओवादी केन्द्रका संगठित सदस्य तथा वडा सदस्यका प्रत्यासी मैनाहिरा राई, संगठित सदस्य मायालक्षी राई र जसपाका इमानसिं राई, नवराज राई, सप्तराज राई, माया राई, रहरमनी राई र सावित्रा राई छन्।
नवप्रबेशीहरुलाई एमालेका जिल्ला सदस्य तथा केपिलासगढी गाउँपालिका अध्यक्ष कृष्णकुमार राईले खादा लगाएर अबिर लगाई पार्टीमा स्वागत गरेका थिए। पार्टी प्रवेश गरेकाहरुलाई पार्टीमा उचित स्थान दिईने जिल्ला सदस्य तथा गाउँपालिका अध्यक्ष राईले बताए। वडा अध्यक्ष डिकबहादुर राईको सभापतित्वमा प्रवेश तथा भेटघाट कार्यक्रमको आयोजना गरिएको थियो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology